ताजा समाचार

जनकपुरमा पर्यटकीय स्थलहरूको सरसफाई कार्यक्रम सम्पन्न

  • पुस २३, २०७९
  • १३९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २३ । मधेश प्रदेशको जनकपुरमा धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको सरसफाई गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा.नं.१० स्थित रहेको जानकी मन्दिरको प्राङ्गण हुदै .वडा नं.४ स्थित रहेको गंगा सागर पोखरी र भुतनाथ मन्दिर वरिपरी स्थित विशेष सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्र.उ.विश्वराज खड्का ज्युको अध्यक्षता एवं ऐन प्याप्सन धनुषाका जिल्ला अध्यक्ष अवधेश तिवारी, जिल्ला प्रहरी कार्यालय धनुषाका सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत अन्य प्रहरी कर्मचारीहरू, मधेश प्रदेश प्रहरी गण जनकपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका धनुषा,सर्वोदय ईंग्लिस बोर्डिंग स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत गरी करीब १६० जनाको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤