ताजा समाचार

सिकाज्योतीको प्रत्येक टोल टोलमा करिब ५ ट्रयाक्टर वितरण

  • पुस २२, २०७९
  • १६६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा पुस २२ गते । सिरहा लगायत तराई मधेशमा अत्याधिक चिसो बढेपछि जन-जीवन अतिनै कष्टकर बनेपछि सिरहा नगरपालिकाको वडा न.२० सिकाज्योतीको विभिन्न टोलटोलमा दाउरा बितरण गर्न शुरु गरेका छन । आज (शुक्रवार ) बिओपी सिकाज्योतिका ईन्चार्ज लीला बुढाथोकी ,नेकपा एमालेका प्रत्यासी वडा अध्यक्ष बिजय यादव र स्थानिय समाजसेवी/ ईन्जिनियर बलरामबाबु यादव उर्फ( रामबाबु यादव)को पहलमा दाउरा बितरण कार्य भएको छ। चिसो बढेसंगै दैनिक कामकाज लगभग ठप्प रहेको विद्यालयमा विद्यालयमा पठनपाठन गर्न समेत समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा बाल-बालिका , बृद्ध-बृद्धा , गर्भबती महिला , अशत्त र दीर्धरोगीहरु उच्च जोखीममा रहेको हुन्छ । विगत केही दिन देखी एक्कासी बढेको जाडो/चिसो बाट बच्नको लागि स्थानीय र सरकारी निकायवाट हुनुपर्ने सहयोगअपुग रहेको बेला सिरहा नगरपालिका वडा नं. २० का मनकारी युवाहरुले सराहनीय काम गरेका छन । सिकाज्योतीको प्रत्येक टोल टोलमा करिब ५ ट्रयाक्टर दाउरा आगो बाल्नको लागि निःशुल्क बितरण गरिएको ई.यादवले बताएका छन ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤