ताजा समाचार

लहानको गाढा पोट्रोलपम्पमा पोट्रोलियम पदार्थको दिनहुँ चटारो

  • पुस २१, २०७९
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गुरुदेव अधिकारी लहान,२१ पुस । सिराहाको लहान नगरपालिका वडा नम्बर २३ स्थित पर्ने गाढा चौकमा रहेको श्री लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पमा काम गर्ने कर्मचारीका कारणले प्राय जसो सेवाग्राही सवारी चालकहरु सास्ती भोग्ने गरेका छन। श्री लक्ष्मीजी ट्रेडर्समा करिब सातादेखि कुनै बेला खोल्ने, कुनै बेला बन्द गर्ने जस्तो क्रियाकलापले सवारी साधन चालकहरुले वाकिब हुने गर्दछन। यो सँगै यस पोट्रोल पम्पमा पोट्रोलियम पदार्थको चटारो हुने गरेको देखिन्छ । उक्त पेट्रोल पम्पमा समयको कुनै ख्याल हुदैन , करिब ५ : ०० बज्नु अघि नै पेट्रोल पम्प बन्दगरि पेट्रोल सिधियो भनि ग्राहकलाई फर्काउने गरेको छन । सवारी चालकहरुलाई सोधपुछ गर्दा पम्पका कर्मचारी मौन बसेको थियोे , केही न बोलि भोलिपल्ट आउ भनि फर्काउने गरेको व्यापक सुनासोहरु छन । लहानमा पेट्रोल नलिई बाटोमै लिने जाउ भनी आउँदा म स्वयं तीन दिन फर्केको हो " एक सवारी चालक उदासीन भई गुनासो गरेको बताए । त्यति मात्रै होइन केही पछिल्ला समय गुणस्तर तथा नापतौल विभागले मा समेत शंका लागेको गुनासो पनि कायमै छ । अहिलेको परिपेक्षमा सेवामुखी भएर काम गर्नु , ग्राहकलाई सास्ती काम नगर्दिन हुन एक चालकले सम्झाइएको थियोे । मापदण्ड विपरीत यो पम्प समेत रहेको देखिन्छ । पोट्रोल पम्प सञ्चालन गर्न करिब ४ कठ्ठा जग्गा , ४ वटा शौचालय, हुनुपर्नेमा न त एउटा पनि शौचालय न त ४ कठ्ठा जग्गा समेत नरहेको देखिन्छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤