ताजा समाचार

फियान नेपाल द्वारा किसान वर्गिकरण तथा परिचय पत्रको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पुस २१, २०७९
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नुषा पुस २१ गते । बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार फियानले आयोजना गरेको किसान वर्गिकरण तथा परिचय पत्रको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । खाद्य अधिकारका लागि सक्रिय संस्था फियान नेपालले जनकपुरमा बुधबार किसानहरुलाई स्थानिय सरकारले वेवास्ता गर्ने गरेको सो कार्यक्रममा सरोकारवालाहरुले गुनासो गरेका छन् । युवा किसान देव कुमार महतोले किसानलाई समेत राज्यले सेवा सुविधा दिएर सम्पन्न र सम्मानजनक पेशा बनाउनुपर्नेमा जोड दिए साथै असल किसानलाई पहिचान गरि राज्यले किसानको लागि जग्गा लगायत कृषि सामग्री उपलव्ध गराईदिन माग गरे । इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले हामी किसान छौं, तर हामीलाई गर्वका साथ किसान हौ भन्ने बनाउन नेपाल सरकारले किसानलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए । किसानको स्तर अनुसार वर्गीकरण गरे परिचय दिने र सोही अनुसारको सेवा सुविधा दिए राम्रो हुने विचार राखे । उनले अहिले किसानको समस्या बुझने, किसानलाई समयमा मल, विउ विजन दिने लगायतको सवालमा सरकार गम्भिर नभएकाले किसानलाई समस्या भई रहेको बताए । गणेशमान चारनाथ नगरपालिका वडा नजं. ८ बस्ने किसान हेमनारायण यादवले किसानलाई समयमा मल, खाद्य र पानीको अभावसंगै कुनै पनि सेवा सुविधा नभएकाले आकाशे पानी र भगवानको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अहिले आफुहरुलाई समयमा केही सुविधा नदिएकाले किसानको वर्गीकरण र परिचय पत्र दिएर सोही अनुसारको किसानलाई सेवा सुविधा दिनुपर्नेमा जोड दिए। फियान नेपालका प्रदेश संयोजक नन्दनी यादवले किसानहरुको समस्या समाधानका लागि आफु अभियानको जरुरी रहेको बताइन । उनले यसलाई पालिकाले सक्दो किसानको समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा विभिन्न एनजियोका प्रतिनिधि,किसान,सरोकारवाला,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤