ताजा समाचार

तराईमा अत्याधिक चिसोबढे संगै दाउरा बितरण गर्दै नेपाली सेना

  • पुस २०, २०७९
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,पुस २० गते । मधेशमा शितलहरको कहर बढेसँगै नेपाली सेनाले पनि दाउरा बितरण अभियान जारी राखेका छन्। बुधवार सिरहाको विष्णुपुर गाउँपालिकाको विभिन्न स्थानहरुमा नेपाली सेनाका टोलीले दाउरा लिएर बजारको बिभिन्न स्थानहरुमा आगो सल्काएका छन् । जसबाट अति विपन्न, व्यापारी र आम जनसमुदायहरु प्रत्यक्ष लाभान्वित भएका छन् । नेपाल पत्रकार महासंघ सिरहाको पहलमा जसरि आज बिष्णुपुरमा दाउरा बाडिएझै सिरहाका विभिन्न स्थानहरुमा दाउरा बाड्ने काम जारी नै रहने श्री शेर गण चोहर्वा ब्यारेकका प्रमुख सुमन थापाले बताए । उनले दाउरा मात्र नभई जाडोले कसैको ज्यान नजावोस भन्ने अभिप्रायले न्यानो कपडको समेत उचित प्रबन्ध मिलाइ बाड्ने काम समेत गर्ने प्रमुख थापाले बताए ।

दाउरा लिएर आएका श्री शेर गण चोहर्वा व्यारेकका सह -सेनानी ईन्द्र बहादुर खड्काको नेतृत्वमा खटेका टोलीले आफैँ अनुगमण गरेर दाउरा बाडडै गएका थिए । दाउरा बाड्ने क्रममा विष्णुपुर बजार समिति लगायतका व्यापारीहरु उत्साहित हुँदै टोलीको सँगसँगै दाउरा वितरणमा सघाउ पुर्याएका थिए । यस्ता कार्यक्रम सितलहर को बेलामा निरन्तर हाम्रो पहलमा भइरहने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादबले बताए । सभापति यादबले अब पत्रकारले समाचार सँगसँगै समाजिक कार्यमा समेत अह्म भुमिकाको साथ हुनु पर्ने बताए । उनले जाडोबाट अनाहकमा कसैको ज्यान नजावोस भन्ने अभिप्रायले पत्रकारहरु कलमको साथ-साथै पहलकदमिको भुमिकामा समेत लाग्नु पर्ने अवस्था देखिन्छ । त्यस्तै महासंघका सचिब शिब दयाल यादबले हामी कलम जिवी सँगसँगै मानव सेवामा समेत समर्पित भई काम गर्ने जिबि हो । उनले नेपालि सेनाले बिगतमा पनि सितलहरमा न्यानो बाड्ने काम र विभिन्न आपत बिपतको समयमा साथ नदिएको होइन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤