पर्साको जिराभवानी गाउँपालिकामा ढकिया बुनाई प्रतियोगिता सुरु

  • पुस २०, २०७९
  • ७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी २० पुस पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ । आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो । वडा नं ४ सुपौलीको खेलमैदानमा शुरु भएको सो प्रतियोगितामा एक सय पचासँ समूह सहभागी रहेका छन् । कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएको ढकिया संरक्षण तथा प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बुनीएका ढकियालाई बजारिकरण गरी स्थानीय महिलाका पेशागत क्षमतामा अभिबृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो ।

पालिकाले यस प्रतियोगिता अन्र्तगत तयार गरिएका ढकियालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा बजारिकरण गर्न पहल गर्नेमा वक्ताहरुले जोड दिएका छन् । उत प्रतियोगितामा पच्चिस वर्षभन्दा कम उमेर समूह भएका र पच्चिस वर्षभन्दा माथि भएका उमेर समूह गरी विभाजित भई प्रतियोगिता हुदैँछ । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद पचिस हजार रुपैया र ट्रफी, द्धितीय हुने समूहलाई नगद १५ हजार नगद सहित ट्रफी र तृतिय हुने समूहलाई नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले जानकारी दिनुभयो । वडाध्यक्ष राजेश्वर दासको सभ कार्यक्रममा थारु मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी लगायतको उपस्थिती रहेको छ । प्रतियोगिताको अन्तिम नतिजा भोली बिहिवार प्रकाशन हुने आयोजक पक्षले जनाएको छ । पर्सामा पहिलो पटक ढकिया बुनाई कार्यक्रमको आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

भाषण दिएर होइन, काम ...

बारा, ०५ कार्तिक / जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार उमेश द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१