ताजा समाचार

नेपाललाई हिन्दूराष्ट्र कायम गर्न जस्तोसुकै चूनौति दिन तयार छौं : धर्मनिरपेक्षता खारेजी अभियान

  • पुस १९, २०७९
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं, २०७९ पुष १९ गते । धर्मनिरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग राखेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो । अभियानले धर्मनिरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ । विदेशीको इशारामा यी एजेण्डा नेपालमा स्थापित गरिएको भन्दै अभियानले तत्काल खारेजीको माग गरेको हो । सो क्रममा अभियानले आफ्ना पदाधिकारी पनि सार्वजनिक गरेको छ । अभियानको संयोजकमा राजीव झा, सहसंयोजक डा. राजेश यादव, सचिव अमृत गिरी, कोषाध्यक्ष राजेश जलान रहेका छन् । कार्यक्रमका प्रमुख अतिथिमा पूर्व मन्त्री एवं धार्मिक अभियान्ताका संरक्षक किशोरी महतोले आफ्नो धारणा राखेका थिए । महतोले नेपाल देश हिन्दु धर्मसापेक्ष राष्ट्र बन्नुपर्ने बताए । देश धर्मनिरपेक्ष बन्नै नसक्ने जिकिर गर्दै नेपाल हिन्दु, बौद्ध, जैन मुस्लिम सबै धर्मका लागि सापेक्ष रहेको उनको दाबी छ ।

साथै धर्मको पावर कति हुन्छ भनेर आफूहरुले केही महिनामै देखाइदिने पनि महतोले चुनौति दिएका छन् । नेपाललाई धर्मसापेक्ष राष्ट्र बनाएर हिन्दु अधिराज्य ल्याउन आफूहरु लागिपरेको उनको भनाई छ । धर्म निरपेक्षता खारेजीका जस्तोसुकै चुनौति दिन पनि आफूहरु तयार रहेको अभियानका संयोजक झाले बताए । धर्म निरपेक्षताले धार्मिक द्धन्द निम्ताएको अभियानका सहसंयोजक राजेश यादवले बताए । ‘यो देशको धर्म, संस्कृति, परम्परालाई परिवर्तन गराएर पुरातन धर्म, संस्कृति समाप्त पार्न लागि परेको छ,’ उनले भने । नेपाल धर्मनिरपेक्षता हुनु पर्छ भनेर कुनै नेपालीले नचाहेको र कही डलरवादीहरुको प्रभावमा संविधानमा यो शब्द लादिएको अभियानका सचिव गिरीले बताए । धर्म निरपेक्षताले राष्ट्रको कुनै धर्म छैन भन्ने सन्देश प्रवाह गरेको र नेपाल धर्म निरपेक्ष राष्ट्र बनेपछि हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको गिरीको आरोप छ ।

नेपाल हिन्दुराष्ट्र हुँदाको जस्तो धार्मिक सहिष्णुता अहिले नरहेको पनि उनले बताए । हिन्दु, बौद्ध, जैन जस्ता धर्मको प्राचीन अस्तित्व समाप्त पार्ने काम भइरहको पनि उनको आरोप छ । त्यसैगरी अभियानका कोषाध्यक्ष जलानले यो देशमा धर्म निरपेक्षताको आवश्यकता नै नरहेको बताए । नेपालमा षड्यन्त्र गरि वैदिक सनातन धर्ममाथि प्रहार गरिएको उनको आरोप छ । धर्म निरपेक्षताको आडमा विदेशी शक्तिहरुले चलखेल गरेको उनको आरोप छ । वैद्धिक सनातन धर्म मान्ने असी प्रतिशत भन्दा बढी नेपालीको भावनामा ठेस पुर्याएर संविधानमा धर्म निरपेक्षता लादिएको उनीहरुको आरोप छ । संविधान निर्माणका क्रममा धर्म निरपेक्षताको बारेमा संसदमा कुनै छलफल नै नगरी लादिएको र यसलाई तुरुन्त खारेजी गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤