ताजा समाचार

पुसको अन्तिम साता आउन लाग्दा पनि यसपालि हिउँदमा किन भएन त्यति हिमपात र वर्षा ?

  • पुस १९, २०७९
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौँ २०७९ पुष १९ गते । गत वर्षको हिउँदमा यतिबेलासम्म काठमाडौँको चन्द्रागिरिमै हिउँ खेल्नेहरुको लर्काे लागिसकेको थियाे। हिमाली र उच्च पहाडी भेगमा व्यापक मात्रामा हिमपात भइरहेको थियाे। ठाउँठाउँमा हुने वर्षाले चिसो ह्वात्तै बढाइसकेको थियो। तर यसपटक पुसको अन्तिम साता आउन लाग्दा पनि खासै कतै हिमपात र वर्षा भएको छैन। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज (मंगलबार) बिहान भनिन्, ‘हो, गत वर्षको तुलनामा यसपटक हिमपात, वर्षा भएकै छैन। तापक्रम पनि गत वर्ष यो समयको भन्दा बढी छ।’ उनका अनुसार हरेक वर्ष मौसमको अवस्था फरक–फरक हुने गर्छ। यसपटक वर्षा तथा हिमपात गराउने प्रणाली भित्रिसकेको छैन। ‘वर्षा र हिमपात हुने सम्भावना अझै छ’, मौसमविद् मानन्धरले भनिन्।

आजको मौसम

महाशाखाका अनुसार हाल (मंगलबार बिहान) देशका पहाडी आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै स्थानमा हुस्सु लागेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बुलेटिनअनुसार देशको पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : देशको प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ। काठमाडौँको तापक्रम मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस छ। अन्य स्थानका न्यूनतम तापक्रम भने महाशाखाले बिहान ८:४५ बजे प्रकाशन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤