ताजा समाचार

सिराहाको अधिकाँश स्थानीयतहहरुले जग्गा वर्गीकरणपत्र नपठाउँदा किताकाँट रोक्का सेवाग्राहीलाई सास्ती

  • पुस १८, २०७९
  • १२९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१८ पुस। नापी कार्यालय सिराहा लहानसहित देशैभर कित्ताकाँट रोकिएको झन्डै ७ महिना भयो, तर पनि अहिलेसम्म किता काँटको कामकाम अधि बढेको छैन । यसले गर्दा देशैभरका किसान , सर्वसाधारण सास्ती खेप्नु परेको अवस्था देखिन्छ । २०७९ साल जेष्ठ अन्तिम साता बसेको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार जग्गा भु-उपयोग जग्गा वर्गीकरण सम्बन्धि कामकाज स्थानीय तह सरकारलाई दिइए पनि अहिलेसम्म स्थानीय तह सरकारले कुनै सुन्वाई नगरेको अवस्था छ। नापी कार्यालय लहानका कार्यालय प्रमुख संजय कुमार सिंहका अनुसार नापी कार्यालयमा प्रत्येकदिन किता काटको बारेमा सोध्ने धेरै आउँछन् तर , वहाँहरुले स्थानीय सरकार पालिका प्रमुखको यो समस्या रहेको वहाँले सेवाग्राही भन्ने गरेको बताए ।

नापी कार्यालय लहानका सुचना अधिकारी ( सर्वेक्षक ) संजय कुमार साहका अनुसार स्थानीय तह सरकारले जग्गा वर्गीकरणको प्रावधान सहितको पत्र मालपोत, नापीमा पेश गरेपछि त्यसको भोलिपल्टबाट किताकाटको काम अघि बढने बताउनुभयो। स्थानीय तहहरुले वर्गीकरणमा जग्गाको किसिमहरु कृषि जग्गा , गैरकृषि ( घडेरी ) जग्गा छुट्याई पत्र पठाए पश्चयात मात्रै किता काट हुने बताएका छन । यो सँगै लहान नापी कार्यालयबाट अहिले लहान नगरपालिका , गोलबजार नगरपालिका, धनगडीमाई नगरपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवान्नकारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका लगायतको साबिकको ४८ वटा वडाहरुलाई सेवा प्रभाह गरिदै आएको बताए । सुचना अधिकारी संजय कुमार साहका अनुसार " यी पालिकाहरुमा पटकपटक फोन मार्फत सम्पर्क गर्दा पनि अहिलेसम्म कुनै सुन्वाई नदिइएको टिप्पणी गरे । स्थानीय तह सरकारले यदि जग्गा वर्गीकरण सहितको पत्र नापी , मालपोतमा पेश ( बुझाए ) को भोलिपल्टबाट किसान जनता सर्वसाधारण तथा नागरिकको कामकाज अघि बढने अर्का सर्वेक्षक मनोज यादवले बताए ।

योसँगै जनप्रतिनिधि तथा स्थानीय तह सरकार उदेश्य जनताको सेवा छिटोछरितो हुनुपर्नेमा अहिलेको जनप्रतिनिधिहरुको आफ्नो निजी स्वार्थमा मात्रै लिप्त रहेको यस प्रसंगलाई लिन सकिन्छ । उनीहरूले त जनप्रतिनिधिमा निर्वाचित भए , तर जग्गा वर्गीकरण कसरी गर्ने भने विषयमा अहिलेसम्म अन्भिग्य रहेको जनगुनासो छ। देशमा सरकारी , गैरसरकारी , संघ, संस्था खुलेता पनि जनताको जनप्रतिनिधि बेकामको संज्ञा बोकेको देखिन्छ । निजी स्वार्थ र खाउँ भन्दा पनि सर्वसाधारणको कामकाज कसरी दिने छिटोछरितो सेवादिने विषयमा सोच्नुपर्ने अतिआवश्क छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤