ताजा समाचार

हेरिटेज +२ पब्लिक कलेजको स्वागत कार्यक्रम भब्य रुपले सम्पन्न

  • पुस १६, २०७९
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज । हेरिटेज +२ पब्लिक कलेजले आयोजना गरेको स्वागत कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ । तेजारथ टोल स्तिथ रहेको साह दरबार होटलमा आयोजना गरिएको स्वागत सभ्य र भव्य रूपले सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रमका अध्यक्ष एवं कलेजका प्रधानाध्यापक मङकेश्वर प्रसाद यादवको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि परवानीपुर गाउँपालिकाको पूर्व मेयर हरी नारायण शाह , विशिष्ट अतिथि परवानीपुर गा पा का शिक्षा अधिकृत रवीन्द्र मिश्र, अतिथिमा कलेजका उपप्रधनाध्यापक मुकेश श्रीवास्तव ,शिक्षक विन्देश्वरी मण्डल, अजीत साह, रामपुकार , रामाधार , अछेलालहरुको विशेष उपस्थितिमा पानस बालेर उद्दघाटन गरिएको हो । नेपाली आमा लाई सम्झिदै देशको राष्ट्रिय गीत गाएर सो कार्यक्रमलाई अगाडि बढाइएको थियो । नृत्य संगीत,गीत, शायरी , नाटक जस्ता विशेष प्रस्तुतीको साथ स्वागत कार्यक्रम भब्य र सभ्य ढंगले उत्साहजनकको साथ मनोरञ्जन गर्दै समापन गरिएको हो । कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई खादा टीका लगाई भव्य रूपले उत्साहजनक का साथ स्वागत गरिएको हो।०७८ सालमा भएको कक्षा १२ को अंतिम परिक्षामा सो कलेज कै दुई छात्रा रिंकु दास जसले ३.६५ जीपिए र नुर्नाज खातुन ३.५७ जिपिए ल्याएर उत्कृष्ट भएकोले उनिहरुलाई खादा टीका र सम्मान पत्र स्वरूप सम्मानित गर्दै अन्य शैक्षिक क्षेत्रहरूमा उलेख्निय योगदान गर्दै आउनुभएको हरी नारायण साह,रवीन्द्र मिश्र, राज साह, रामछत्री प्रसाद कुर्मी लाई पनि सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको कुरा कलेज का उप्रधनाध्यापक श्रीवास्तवले जानकरी गराउनु भएको थियो । आजको कार्यक्रम लाई सो कलेजका अंग्रेजी शिक्षक विनोद यादवले सञ्चालन गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤