कपिलवस्तु पश्चिम खसी तस्करीकाे हब बन्याे

  • पुस १६, २०७९
  • ६६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पुस १७ । बर्षाैंदेखि कृष्णनगर भन्सार नाकाबाट खसी पैठारी नभएपनि विजयनगर गाउंपालिका हुँदै व्यापक खसी तस्करी भईरहेकाे छ । भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे भारतसंग जाेडिएका बाटाे ठुलाेमात्रमा हुँदै नेपाल भित्रिदै गरेकाे स्राेतले जनाएकाे छ । भन्सार नाकाबाट पैठारी नभएपछि कृष्णनगर भन्सार कार्यालयकाे लक्ष्यसमेत घट्दै गएकाे छ । विजयनगर गाउंपालिकाकाे डालपुर , नाैरंगिया, कठुवा लगायतका क्षेत्र भारतकाे बलरामपुर जिल्लासंग जाेडिएका छन । तस्करहरुले सुरक्षा तन्त्रलाई झुक्याई खुद्रा रुपमा खसी डालपुर मै संकलन गर्ने र पुन : डाेर्याएर सुन्दरीडाडामा ट्रकमा लाेड भई शिवराज नगरपालिकाकाे खसी बजारसम्म पुर्याउने गरेका छन ।

केहीदिन पहिला गाउंपालिका कै वडाध्यक्षहरुले स्थानीय उत्पाद भनी तस्करीका खसीहरु निकासीकाे सिफारिस समेत गरेका थिए जुन अहिलेपनि निरन्तर रहेकाे छ । तस्करहरुले फर्जी बिक्रि केन्द्र दर्ता गराइ त्यसैकाे पान बिल मै लाखाैंलाखकाे पशुजन्य बस्तु बिक्रि वितरण गरिरहेका छन । कृष्णनगरमा रहेकाे पशुक्वारेनटाइन जांचकेन्द्र बर्षाेंदेखि खुलेकै छैन तर पनि दैनिक ट्रकैट्रक खसी महेन्द्र राजमार्ग हुदै ओसारपसार हुन्छन । खसी बाख्रा ओसारपसारमा पशु शाखा र भेटेनरी डाक्टरसमेतले स्थानीय उत्पाद हाे भनी प्रमाणित गरि पठाउदै आएकाे तथ्य भेटिएको छ । गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले केहीदिन पहिला ट्रकसहित खसी सुन्दरी डांडामा नियन्त्रणमा लिएकाे थियाे तर तस्करहरुकाे उच्च मनाेबलले गर्दा प्रहरी र भन्सारका कर्मचारीसमेत निरीह भई फर्क्नुपरेकाे भन्सारका एक कर्मचारीले बताएका छन । त्याे घटनाभन्दा पहिला कृष्णनगर भन्सार कार्यालयकाे टाेलीले नै ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे थियाे ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१