ताजा समाचार

कपिलवस्तु पश्चिम खसी तस्करीकाे हब बन्याे

  • पुस १६, २०७९
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पुस १७ । बर्षाैंदेखि कृष्णनगर भन्सार नाकाबाट खसी पैठारी नभएपनि विजयनगर गाउंपालिका हुँदै व्यापक खसी तस्करी भईरहेकाे छ । भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे भारतसंग जाेडिएका बाटाे ठुलाेमात्रमा हुँदै नेपाल भित्रिदै गरेकाे स्राेतले जनाएकाे छ । भन्सार नाकाबाट पैठारी नभएपछि कृष्णनगर भन्सार कार्यालयकाे लक्ष्यसमेत घट्दै गएकाे छ । विजयनगर गाउंपालिकाकाे डालपुर , नाैरंगिया, कठुवा लगायतका क्षेत्र भारतकाे बलरामपुर जिल्लासंग जाेडिएका छन । तस्करहरुले सुरक्षा तन्त्रलाई झुक्याई खुद्रा रुपमा खसी डालपुर मै संकलन गर्ने र पुन : डाेर्याएर सुन्दरीडाडामा ट्रकमा लाेड भई शिवराज नगरपालिकाकाे खसी बजारसम्म पुर्याउने गरेका छन ।

केहीदिन पहिला गाउंपालिका कै वडाध्यक्षहरुले स्थानीय उत्पाद भनी तस्करीका खसीहरु निकासीकाे सिफारिस समेत गरेका थिए जुन अहिलेपनि निरन्तर रहेकाे छ । तस्करहरुले फर्जी बिक्रि केन्द्र दर्ता गराइ त्यसैकाे पान बिल मै लाखाैंलाखकाे पशुजन्य बस्तु बिक्रि वितरण गरिरहेका छन । कृष्णनगरमा रहेकाे पशुक्वारेनटाइन जांचकेन्द्र बर्षाेंदेखि खुलेकै छैन तर पनि दैनिक ट्रकैट्रक खसी महेन्द्र राजमार्ग हुदै ओसारपसार हुन्छन । खसी बाख्रा ओसारपसारमा पशु शाखा र भेटेनरी डाक्टरसमेतले स्थानीय उत्पाद हाे भनी प्रमाणित गरि पठाउदै आएकाे तथ्य भेटिएको छ । गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले केहीदिन पहिला ट्रकसहित खसी सुन्दरी डांडामा नियन्त्रणमा लिएकाे थियाे तर तस्करहरुकाे उच्च मनाेबलले गर्दा प्रहरी र भन्सारका कर्मचारीसमेत निरीह भई फर्क्नुपरेकाे भन्सारका एक कर्मचारीले बताएका छन । त्याे घटनाभन्दा पहिला कृष्णनगर भन्सार कार्यालयकाे टाेलीले नै ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे थियाे ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤