ताजा समाचार

रियलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड लहान शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

  • पुस १५, २०७९
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१५ पुस। सिराहाको लहानमा अवस्थित रियलाइन्स लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेड लहान शाखाद्वारा सिरहा, सप्तरीगरी १ सय जनालाई अभिकर्ताको रुपमा प्रशिक्षण दिइएका छन। सो अभिकर्ता प्रशिक्षण कार्यक्रम लहानको सुर्या होटलमा गरिएको बताएको छ। बिमा किन गर्ने ? कसरी गर्ने गराउने ? बिमा पछिका फाइदा, बेफाइदा, दीर्घकालीन अवस्थाको बारेमा विशेष रुपमा प्रशिक्षणद्वारा गरिएको रियलाइन्स लाईफ इन्स्योरेन्स लहान शाखाकी शाखा प्रबन्धक जुली पाठकले बताइन् । त्यसैगरी हेड अफिस काठमाडौंका डाइरेक्टर सुर्य प्रकाश गुप्ता , जनकपुर शाखाका रामनाथ यादव, राजविराज शाखाका रुपेश कुमार यादव र लहान शाखाकी जुली पाठक लगायतकाले प्रशिक्षण दिइएका छन। रियलायन्स लाईफ ईन्स्युरेन्स लिमिटेड सिद्वार्थ बैंकद्वारा सञ्चालित रहेको छ। यो अहिलेसम्म नेपाल भरिमा १३० ठाउँमा आफ्ना शाखा विस्तार गरेका छन।

यो सँगै रियलायन्स लाईफ इन्स्युरेन्स लिमिटेड नेपालको एक ग्रामीण बैंक सिद्धार्थ बैंक लिमिटेड तथा केडिया अर्गनाइजेसन , सिद्धार्थ ग्रुप अग्नि होलङ्गिस, एम. सी. ग्रुप, बेगानी ग्रुप, शिव शक्ति ग्रुप , जस्ता प्रतिष्ठित व्यापारिक धारणाद्वारा प्रवर्धित कम्पनी हो । जसको कुल जारी पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ। ६३ करोड साधारण शेयर सर्वसाधारण सार्वजनिक निष्कासन गरे पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड हुनेछ । यस संस्थाले बीमा समितिको स्वीकृत पश्चयात आफ्नो व्यवसायिक कारोबार २०७४/०८/०१ गतेदेखि शुरु गरेको हो । रियलाइन्स सुखमय जीवन बीमा योजना ( सावधिक तथा आजीवन ) विशेषताहरुमा :- जीवित रहदा, मृत्यु भएमा, घातक रोगहरु विरुद्धको रक्षावरण,भावी दुर्घटना मृत्यु सुविधा , पुर्ण स्थायी अशक्तता सुविधा , बीमा शुल्क छुट सुविधा, मासिक आय सुविधा जस्ता हरेक पक्षहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको लहान शाखाकी जुली पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤