ताजा समाचार

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

  • पुस १४, २०७९
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस १४ । धनुषा प्रहरीले फरार व्यक्तिहरूलाई पक्राऊ गरेकाे छ । सम्मानित धनुषा जिल्ला अदालतबाट फैसला भई कैद र जरीबाना तोकिएका विभिन्न मुद्दाका प्रतिवादीहरूलाई खोजतलाशको क्रममा विभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ । निम्नः-

 जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ बजरंग चोक बस्ने अं. वर्ष ४२ को राज कुमार राउतलाई बिगो मुद्धामा सम्मानित धनुषा जिल्ला अदालतबाट १ (एक) वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि राज कुमार राउतलाई ऐ. ८ रामानन्दचोक स्थित चिया पसलबाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।

 जिल्ला धनुषा कमला न.पा. वडा नं. २ बस्ने अं. वर्ष ६५ को जिवछ यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद र १००० जरीवाना तोकिएकोमा निज फरार प्रतिवादि जिवछ यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।

 जिल्ला धनुषा नगराईन न.पा. वडा नं. ५ बस्ने अं. वर्ष ६० को खुशीलाल यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि खुशी लाल यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤