ताजा समाचार

शहिदनगरको अधारभुत विद्यालयमा गैर–कानुनी रुपले शिक्षक भर्ना गरेको भन्दै मेयर यादवलाई ज्ञापन

  • पुस १३, २०७९
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित श्री अधारभुत विद्यालय कुम्भकरणमा आफूखुसी र गैरकानुनी रुपमा शिक्षक भर्ना गरेको भन्दै शिक्षक सँगठनले पारदर्शीता माग गरेका छन् । कुम्भकरण विद्यालयमा करिब २० दिन अगाडी गरिएको शिक्षक नियुक्तीको प्रक्रियाबारे सोध्दै शहिदनगरका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाईएको छ । शिक्षकहरुको सँगठन एकिकृत अखिल नेपाल शिक्षक सँगठनले बुधबार शहिदनगर नगरपालिकामा गएर नगर प्रमुख यादवलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो । सँगठनका नगर अध्यक्ष श्रीकृष्ण भिनवारको नेतृत्वमा गएको सँगठनको टोलीले सो विद्यालयमा कुन आधारमा शिक्षक नियुक्ति गरिएको बारे पारदर्शी गर्न माग गरिएको हो । यस्तै, नगरपालिकाबाट बालविकासको तलव पठाएको तथा उक्त तलव रोका गरी हालसम्म कार्यरत बालविकास शिक्षको तलब फुकुवा किन नगरेको भन्दै कारण देखाउन समेत माग गरिएको छ ।

नगरपालिका भित्र रहेको दुइ वटा मदर्शामध्ये एउटा मदर्शाका शिक्षकको तलब भता निकासा गरेको र दलगत रूपमा भेदभाव गरि अर्कोको निकासा २०७९ श्रावन देखि हाल सम्म किन नगरेको भन्दै प्रश्न तेर्साउँदै एक साताभित्र जवाफ दिन माग गरिएको छ । नगरपालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको माग भएका प्रमाणित कागजातहरुको सकल छायाकपी लाई आधार किन नमानेको ? सकल प्रमाण किन ? प्रतिलिपि वा नोटरी प्रमाणित किन होइन्‌ ? सक्कल सिज गरि बलेकमेल गर्ने साजिस त होइन ? भन्ने प्रश्न समेत गरिएको थियो ।

ज्ञापन पत्रमा दिवाखाजा विगत २०७९ श्रावण देखि हाल सम्म निकासा किन नभएको , नगरपालिका शिक्षा शाखामा शिक्षा अधिकृत प्रावि शिक्षकलाई कुन आधारमा बनाएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा नगरभित्र मावि, नि.मावि. तहको शिक्षक हुँदाहुँदै प्रावि तहको शिक्षकलाई शिक्षा प्रमुख कुन आधारमा बनाएको भन्दै पारदर्शीताको माग गरिएको हो । सो क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले ज्ञापन पत्र दर्ता गरी आवश्यक कागजातहरु झिकाएर छलफल गरिने बताए । उनले शिक्षा शाखाले कानुनत माग गरेको कागजातहरुको आधारमा कार्य प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤