ताजा समाचार

रत्नराज क्याम्पसमा झडप : अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार

  • पुस १३, २०७९
  • ९९४ पटक पढिएको
  • मनु यादव
alt

मनु यादव काठमाडौ --काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीनजना विद्यार्थी नेताहरू घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरूबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरूले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए। उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए । उनले घाइतेको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए । सभापति शाहीले खुकुरी प्रहार गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरू आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤