रत्नराज क्याम्पसमा झडप : अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार

  • पुस १३, २०७९
  • ८८१ पटक पढिएको
  • मनु यादव
alt

मनु यादव काठमाडौ --काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीनजना विद्यार्थी नेताहरू घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरूबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरूले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए। उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए । उनले घाइतेको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए । सभापति शाहीले खुकुरी प्रहार गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरू आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१