ताजा समाचार

आफ्नै काकीको हत्या गर्ने हत्यारा पक्राउ

  • पुस १२, २०७९
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस १२ । धनुषा प्रहरीले आफनै काकीको हत्या गरेको आरोपमा एक मानिसलाई पक्राउ गरेको छ । मिति २०७९।०९।११ गते अं. १७;०० बजेको समयमा जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. ०७ वेलापट्टि बस्ने श्रीराम साहको श्रीमती अं. वर्ष ३० की कविता देवी साह आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र निजकै छोरा अं. १४ महिनाको कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरमा ल्याएको भन्ने सुचना प्राप्त हुनासाथ तत्काल प्र.उ.को कमाण्डमा अनुसन्धान टोली घटना स्थलमा खटि जादा मृतक लाशको अनुहारकै भाग समेतमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा लाश रहेकोमा विशेषज्ञ सहितको Dog टोलि घटना स्थलमा ल्याई अनुसन्धान गर्दै जाँदा मृतक कविता देवी साहको जेठाजुको छोरा अं. वर्ष २० को दिलिप साह लाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा भेटि दिलिप साहको हाथको बुढि औला तथा घाटिको भागमा स-साना चिछोरीएको जस्तो दाग रहनुका साथै शरीर खान तलासि गर्दा दिलिप साहले लगाएको अन्डर वेयर भित्र निज मृतक कविता देवी साहले प्रयोग गर्ने मोवाईल थान -१ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला पारी शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिलिप साहले लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरी दिलिप कुमार साहलाई सम्मानित धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धानुशाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤