ताजा समाचार

रविको सरकार प्रवेश सँगै आशा पलायो

  • पुस १२, २०७९
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १२ । नेपाली राजनीतिक इतिहासमा उतार चढाव हुनु कुनै नौलो विषय होइन । राष्ट्रमा अशल काम गर्नेहरूको लागि चुनौती पनि उत्तिकै रहेको छ । देशमा भ्रष्टाचार अनि दलिय भ्रष्टीकरणका कारण राजनीतिकाे र समेत नजान्ने व्यक्तिहरू राज्य सरकारमा पटक पटक आइरहँदा देशमा संकट आएकै हुन । देशमा निर्मम हत्या गरिएका केयौ व्यक्तिहरूको लासमा राजनीति गर्दै आएका दल र राजनीतिक कार्यकर्ताको पत्ता साफ हुनु अशल कुरा हो । राजनीतिक खिचातानीका कारण विगतका वर्षहरुमा ठूला ठूला आन्दोलन चलिरहँदा पनि निर्मला पन्त जस्ता अबोध बालिकाको हत्यारा पत्ता लगाउनका लागि सडक आन्दोलन भइरहँदा पनि सुनुवाई नगर्ने सरकारको सम्मानित मन्त्रीको पध धारण रवि लामिछानेले गर्दै गर्दा देशमा शान्तिको शुभ संकेत काे आभास भइरहेको अवस्था रहेको देखिन्छ । लामिछानेले बालेनझै काम गर्ला कि नगर्ला त्यो भने हेर्न भने बाँकी छ । देशमा अब दरवार हत्याकाण्डका हत्याराहरु , ओझेलमा पारिएका मुद्धाहरु ,भ्रष्टाचारका विरुद्ध अब के हुनसक्ला ? देशमा भ्रष्टाचारको दलदलमा फसेको आरोप खेप्दै आएका नेपाल प्रहरीमा अब कस्तो परिवर्तन आउला? आम राष्ट्रबासिमा उब्जिएका प्रस्न यिनै हुन्? जे होस् देशमा परिवर्तनको अनुभूति गर्न जनता आतुर रहेको अवस्थामा विगत लामो समयदेखि ओझेलमा पारिएका मुद्दाहरुको पहिचान गरेर न्याय प्रशासन सकारात्मक रूपमा अगाडि बढ्न जरूरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤