रविको सरकार प्रवेश सँगै आशा पलायो

  • पुस १२, २०७९
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १२ । नेपाली राजनीतिक इतिहासमा उतार चढाव हुनु कुनै नौलो विषय होइन । राष्ट्रमा अशल काम गर्नेहरूको लागि चुनौती पनि उत्तिकै रहेको छ । देशमा भ्रष्टाचार अनि दलिय भ्रष्टीकरणका कारण राजनीतिकाे र समेत नजान्ने व्यक्तिहरू राज्य सरकारमा पटक पटक आइरहँदा देशमा संकट आएकै हुन । देशमा निर्मम हत्या गरिएका केयौ व्यक्तिहरूको लासमा राजनीति गर्दै आएका दल र राजनीतिक कार्यकर्ताको पत्ता साफ हुनु अशल कुरा हो । राजनीतिक खिचातानीका कारण विगतका वर्षहरुमा ठूला ठूला आन्दोलन चलिरहँदा पनि निर्मला पन्त जस्ता अबोध बालिकाको हत्यारा पत्ता लगाउनका लागि सडक आन्दोलन भइरहँदा पनि सुनुवाई नगर्ने सरकारको सम्मानित मन्त्रीको पध धारण रवि लामिछानेले गर्दै गर्दा देशमा शान्तिको शुभ संकेत काे आभास भइरहेको अवस्था रहेको देखिन्छ । लामिछानेले बालेनझै काम गर्ला कि नगर्ला त्यो भने हेर्न भने बाँकी छ । देशमा अब दरवार हत्याकाण्डका हत्याराहरु , ओझेलमा पारिएका मुद्धाहरु ,भ्रष्टाचारका विरुद्ध अब के हुनसक्ला ? देशमा भ्रष्टाचारको दलदलमा फसेको आरोप खेप्दै आएका नेपाल प्रहरीमा अब कस्तो परिवर्तन आउला? आम राष्ट्रबासिमा उब्जिएका प्रस्न यिनै हुन्? जे होस् देशमा परिवर्तनको अनुभूति गर्न जनता आतुर रहेको अवस्थामा विगत लामो समयदेखि ओझेलमा पारिएका मुद्दाहरुको पहिचान गरेर न्याय प्रशासन सकारात्मक रूपमा अगाडि बढ्न जरूरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१