ताजा समाचार

काठमाडौंको ठमेललाई विशेष पर्यटकीय क्षेत्र घाेषणा गर्न व्यवसायीकहरूकाे माग

  • पुस १०, २०७९
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं -पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीहरूले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्। उनीहरूले नेपालमा पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन परिषद्का अध्यक्ष भवीश्वर शर्माले नेपालको पहिलो पर्यटकीय नगरी ठमेल भएकाले सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए। उनले ९९ प्रतिशत पर्यटन व्यवसायी ठमेलमा नै रहेकाले नेपालमा आउने ८० प्रतिशत पर्यटकहरू ठमेलमा पुग्ने गरेको बताए।

काठमाडौं महानगरले स्थानीय निर्वाचनपछि सार्वजनिक शौचालय घोषणा अभियान गरे पनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष शर्माले ठमेलमा कम्तीमा ४ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताए। कोरोना महामारीपछि सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा आउन थालेको भन्दै उनले पर्यटन आकर्षण बढाउनका लागि ठमेललाई ब्युटिफिकेसन गर्ने काम सुरु गरिएको जानकारी दिए। त्यसैगरी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले कोरोना महामारीभन्दा पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धि भएको बताए। सन् २०१९ मा भित्रिएका पर्यटकको हाराहारीमा २०२३ भित्र नै पुग्ने व्यवसायीहरूको अपेक्षा रहेको उनको भनाइ छ। उनले पर्यटक नेपालमा ल्याउनको लागि सरकारले डिजिटल प्रविधिअनुसार मार्केटिङमा सहजीकरण गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤