ताजा समाचार

चौपायबाट पिडित किसानले बुझाए नगरप्रमुख शाहलाई ज्ञापन पत्र

  • पुस ८, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, पुस ८ कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै कृष्णनगरका स्थानीय किसानले नगर प्रमुख रजत प्रताप शाहलाई ज्ञापन बुझाएका छन् । नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमान सहित स्थानीयको टोलीले शुक्रवार नगर प्रमुख शाहलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् । छाडापशु चौपायाले यस क्षेत्रमा दिनानुदिन सडक दुर्घटना, बजार सौन्दर्य बिग्रेको र सम्पूर्ण किसानहरुले लगाएको बालीनाली पूर्ण रुपमा नोक्सन गरी भोकमारीको समस्या भइरहेको नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समाधानको लागि ज्ञापन पत्रद्धारा समितिले माग गरेको छ । छाडा चौपायाले हामी किसानले लगाएको अन्नबाली खाइदिनुका साथै बाटोघाटो हिँडडुलमा समेत दुर्घटना बढेको छ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका किसानरुले छाडा चौपाया व्यवस्थापन गर्न नगर समझ जोडदार माग गरेका छनत । छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि अनुरोधका साथै उचित ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय तौलिहवा, जिल्ला प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाका सम्पुर्ण वडालाई बोधार्थको रुपमा ज्ञापन पत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤