ताजा समाचार

प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे लागु औषधमा संलग्न लाई धमाधम समात्दै

  • पुस ७, २०७९
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस ७ जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ । बुधवार राति दस बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरिक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा कालो सुन्तला रङको ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध खैरो हेरोइन ( ब्राउन सुगर ) बरामद गरिएकाे छ । पक्राउ परेका खटिकलाई म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएकाे इप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनुभएकाे छ । लागु औषध बिरूद्ध आक्रमक शैली अपनाएका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे ले केहि समय अगाडि चरेस सहित मानिस समात्न सफल रहदै केही हप्ता अगाडि १६.५ केजी अफिम सहित ३ महिला लाई समेत समातेकोमा लागु औषध सेवन गर्ने व्यक्ति हरूलाई पक्राउ गरि शुक्ष्म तरिकाले अनुसंधान गरिरहेका पाण्डे ठूलो मात्रामा ब्राउन सुगर समात्न सफल भएका छन् l इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले कुरा गर्दै आफू लागु औषध तथा मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्न लाई कानुनी दायरामा ल्याउने तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न हर सम्भव प्रयास गरिरहने बताए l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤