ताजा समाचार

बाला सुन्दरी भगवती मनाेकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक

  • पुस ५, २०७९
  • २४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान - नेपालमा धेरै शक्तिशाली पीठहरु मध्ये मधेश प्रदेश काे सिरहा जिल्लामा पर्ने भगवानपुर गा पा मा अवस्थित भगवानपुर चौक देखि ३०० मीटर पुर्वमा अवस्थित बालासुन्दरी भगवती मन्दिर को गथा र प्रसिद्धि नेपाल तथा भारतमा समेत रहेको छ प्रत्येक वर्ष दशमीमा बालासुन्दरी भगवती मन्दिरमा भक्तजनहरु टाढा र नजिक बाट आएर आफ्नो मनोकामना पुरा गर्न भाकल र पुजापाठ गर्ने गर्दछन । बाला सुन्दरी भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन्।

Open photo

सडक मार्गबाट प्रवेश गर्ने सम्पूर्ण आन्तरिक तथा बाह्रय पर्यटकहरु भगवानपुर गा पा प्रवेश गर्ने हुलाकि राजमार्ग र लहान र ठाड्डी जोडने मार्गबाट सजिलै पुगन सक्ने साईकल, गाडी र पैदल यात्राबाट पनि पुग्न सकिन्छ । भगवानपुर गा पा को छिम्मेकि गा पा हरु नवराजपुर गा पा र सखुवानन्कारकट्टि गा पा हुन। बालासुन्दरी भगवती मन्दिर कुनै नया र हालमा स्थापित शक्तिपीठ नभई प्राचीन कालदेखि स्थापित शक्तिपीठ हो । भक्तजनहरुमा आस्था र भरोसाको केन्द्र बालासुन्दरी भगवती मन्दिर त्यसै प्रसिद्ध नरहेको बताउछन स्थानीय बुजुर्गहरु यहॉ आएर मनमा रहेको ईच्छा आकांक्षा समेत पुरा हुने गर्दछन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤