पर्यटन क्षेत्र माणिक दह ओझेलमा निकाय मौन

  • पुस ३, २०७९
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३ । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दह विकासको मूल धारबाट टाढा रहेको देखिन्छ । प्रत्येक वर्ष वैशाख १ गते बिहान ठूलो मेला लाग्ने यस ठाउँको पानीमा स्नान गरेमा सन्तानको प्राप्ति हुनुका साथै पारिवारिक शान्ति प्राप्त हुने जनविश्वास रहिआएको दह राजा सलहेसको दह मानिन्छ । विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण पर्यटन क्षेत्रको रूपमा रहेको यस ठाउँको विकाशमा स्थानिय निकाय मौन दर्शक बनेको हुनाले दहमा गत वैशाखमा पानी सुकेर भक्तजनहरू फोहोर र हिलो पानीमा स्नान गर्न विवस भए भने यतिबेला पोखरीको पानीमा रहेको निर्माणाधीन मन्दिरको उचित ब्यबस्थापनका अभाबको कारणले बन्न नसकेको अवस्था रहेको पाइन्छ भने मन्दिर परिसरमा दिनानु दिन जम्मा हुने फोहोरको उचित मूल्यांकन र ब्यबस्थापन अभाबको कारणले यहाँको धार्मिक स्थल ओझेलमा परेको देखिन्छ । मन्दिर पुग्नका लागि चारैतिर खोला नालाको बाटो तय गर्नुपर्ने बाध्यता रहेको यस ठाउँमा पुल पुलेशो निर्माणप्रति स्थानिय सरकार बेखवर रहेको पाईन्छ । यस ठाउँको उचित मूल्यांकन गरी पर्यटन क्षेत्रमा जोड्न सकेको खण्डमा लहान नगरपालिकामा आन्तरिक र बाहय पर्यटक आकर्षणको केन्द्र विन्दु वन्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१