सुकुन्दा बार्षिक पत्रिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

  • पुस २, २०७९
  • ९९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, पुस २ सुकुन्दा बार्षिक पत्रिका करिब १७ बर्ष पश्चात रत्न राज्यलक्ष्मी काठमाडौं रक्याम्पसको सभा हलमा बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कृष्ण गोपाल श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाः पुर्व अध्यक्ष पुष्कर भक्त माथेमा, स्वतन्त्र विध्यार्थी युनियन मदन भण्डारी, नेपालभाषा शिक्षक प्रा। डा। चन्द्रमान बज्रार्चाय, नेपालभाषा केन्द्रीय विभाग प्रमुख रासदास श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाः अध्यक्ष्य प्रशान्त डंगोल, नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, कामनपा २८ नं अध्यक्ष जयराम खड्गी अतिथि महानगर शिक्षा विभाग प्रमुख राम प्रशाद सुवेदी, अतिथिमा महानगर पुर्व मेयर विद्या सुन्दर शाक्य लगायतले संयुक्त रूपमा विमोचन गरिएको हो। कार्यक्रममा नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगत सेपातार्को खेलाडी मार्फत चिनाएका सुमित्रा डंगोल, खो खो खेलाडी एवम् कोच विक्कीराज महर्जन, भूमि आयोगका अध्यक्ष श्याम कृष्ण प्रजापति, टोखा नगरपालिकाका वडा नं। ४ वडा सदस्य अम्मर डंगोल लगायत, कीर्तिपुर नगरपालिका उपमेयर शुभलक्ष्मी शाक्यलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

वि।सं। २०५५ सालदेखि अनवरत रूपमा गायन क्षेत्रमा लागिरहनु भएकी गायिका सोनिया राजभण्डरी सांगितिक प्रस्तुत गरेको कार्यक्रममा सो क्याम्पसका नेपालभाषा शिक्षिका श्रीमिला सुवालले रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा पुर्नस्थापना गराउन अतुल्नीय रहेको जनाउँदै अब नेपालभाषा अभियान्ता रिदेन महर्जन, प्रशान्त डंगोलको नाम सुनौला अक्षरले लेख्न बाँकी रहेको बताए। आफूले नेपालभाषाको उत्थानका लागि जीवन रहेसम्म भोलिन्टियरको रूपमा कार्य गर्न तत्पर गरेको बताउनुभयो। विशेष अतिथिका रूपमा नेपालभाषा केन्द्रिय विभागका प्रमुख राज दास जोशीले नेपालभाषा बि।ए। देखि एम।ए। नेपालभाषा अभियान सफल बनाउन सफल हुनुका साथै सुकुन्दाले नयाँ जन्म लिएकोमा बढाइ दिदै काठमाडौं महानगरलाइ समावेश गरेर इ लाइबेरी बनाउने कार्य भइरहेको जानकारी दिए। रत्न राज्यलक्ष्मी क्याम्पसले नेपाल शैक्षिक क्षेत्रमा मात्र नभइ राजनैतिकमा समेत महत्वपूर्ण योगदान रहेको धारणा राखे ।

कार्यक्रममा अतिथि बरिष्ठ पत्रकार कुमार रञ्जित, सुकुन्दा प्रकाशन ब्यवस्थापक मनिराज डंगोल, सहायक क्याम्पस रविनदास श्रेष्ठ, मातृभाषासेवी विध्या चित्रकार, नेपालभाषा केन्द्रीय विभाग प्रमुख का।म।न।पा २८ नं अध्यक्ष जयराम खड्गी ,महानगर शिक्षा विभाग प्रमुख रामप्रशाद सुवेदी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष एवम् कार्यक्रमका सभापति प्रशान्त डंगोलले संविधानको बहुभाषा निति अन्तर्गत मातृभाषा जगेर्ना गर्ने उद्वेश्यले नेपालभाषा सुरु गरिएको अभियानमा आफूहरूले नै नेपालभाषा अध्यापनको लागी शिक्षक शिक्षिकाहरु आफै व्यवस्था गर्नु परेको जनाउँदै नेपालभाषा दिपार्टमेन्टको माग जोदार गर्दै सुकुन्दा साहित्य पाःलाः कार्यालय पुनः स्थापनामा क्याम्पस प्रशासनले साथ दिनु पर्ने बताए। रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले दरबन्दी शिक्षक नभएकाले बिए तहमा नेपालभाषा कक्षा संचालनका लागि अनिर्वाय रूपमा १० जना विध्यार्थी चाहिने भएकाले सबैले कक्षा सञ्चालनमा पहल गर्न आग्रह गरे।

रत्न राज्यलक्ष्मी क्याम्पसका पुर्व विध्यार्थी तथा पूर्व शिक्षा मन्त्री समेत रहेका कृष्ण गोपाल श्रेष्ठले लामोसमय पश्चात सुकुन्दालाई जिवीत बनाएकाले यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै नेपालभाषाको कक्षा १ देखि ८ कक्षासम्म रहनु ९, १०, ११, १२ कक्षामा नेपालभाषाका विषयबाट अध्ययन गर्न नपाउनु छलफलको विषय बनेको बताएका छन्

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१