ताजा समाचार

कला क्षेत्रका ज्वलन्त उदाहरण बन्दै ब्लू स्काई स्टूडियो

  • पुस २, २०७९
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल सिरहा पुस २ । समाज आधुनिकता तिर बढिरहेको छ । आज भोलीको युवापिढीमा नाट्य, संगीत, अनी नृत्यको संयोजनलाई आफ्ना जीवनसँग जोडेर हेरिरहेको अवस्था रहेको पाइन्छ । समाजमा मनोरञ्जन धार्मिक कार्यदेखि अन्य सामाजिक सरोकारका विषयहरूमा आवस्यक देखिन्छ । आजभोलिको युवा पिढीहरुमा क्षेत्रगत हिसाबले समेत मनोरञ्जनलाई अगाडि सारिएको देखिन्छ । दोहोरी,भोजपुरी ,मैथली ,नेपाली ,हिन्दी आदि सबै क्षेत्रमा आधुनिक गायन वादन अनि नृत्यले आफ्नो वर्चस्व कायम राख्दै आएको पाइन्छ । आज भोलिको युवा पुस्ताले मनोरञ्जन र नृत्यलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा लिएर अघि बढिरहेका बेला नवलपरासी जिल्लावाट करिब ४ बर्ष अगाडी आम युवाको चाहनालाई पूरा गर्ने उद्देश्यले उदाएका एउटा नक्षेत्र र प्रतिभाका धनी दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको सञ्चालन गरेर डान्स सिकाउन शुरू गरेका थिए ।

जिल्लामा डान्स सिकाउने अशल ठाउँ नभएकोले उनी स्थानिय पोखरा पाली गाउँबाट देशको राजधानी शहर काठमाण्डौ गएर डान्स सिकेर पुन आफ्नै जिल्लामा फर्किएर डान्स सिकाउन थाल्नुभयो । अत्यन्त मिजासलु सरल स्वभावका धनी दीपकले निरन्तर स्थानिय स्तरमा डान्स सिकाउन थाले । आजको समयसम्म आइपुग्दा स्टुडियो व्यवस्थित रूपमा अगाडी बढ्न थालेको छ भने उक्त डान्सलाई निरन्तर रूपमा अगाडी बढाउन एक कार्यसमिति बनाइएको छ । जसमा पदाधिकारीहरु:-

१-दीपक साहनी (अध्यक्ष)

२-सुर्य प्रशाद रिजाल (उपाध्यक्ष)

३- सुनिल केवट(सचिव)

४-दीपक हरिजन (सहसचिव)

५- मधु भर (कोषा अध्यक्ष )

६- अमिषा जर्घा मगर (सदस्य)

७-लेबिस्का कुमारी चौधरी (सदस्य) लगायतको कार्यसमिति द्वारा संचालित स्टुडियोमा डान्स सिकाउने कार्यक्रम निरन्तर चलिरहेको छ ।

स्टुडियोमा प्रशिक्षकको रूपमा बिकास हरिजन ,अनुष्का वर्मा , लेविस्का चौधरी , दिव्या चौधरी , अमिषा जर्घा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤