ब्लू स्काई स्टुडियोद्वारा सरसफाई कार्यक्रम सम्पन्न

  • मंसिर २९, २०७९
  • १२२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल सिरहा मंसिर २१। नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । परासी स्थित रहेको बालमन्दिर प्रती स्थानिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित नगर्दा परिसरमा वनमारा घारी पलाएको हो । बालमन्दिर सरसफाई तथा विकासप्रति निकाय मौन रहेको अवस्थामा स्थानिय स्तरका निकायलाई जानकारी हुँदा हुँदै कानमा तेल र आँखामा चस्मा लगाएर बसिरहने निकायका अगाडी ब्लू स्काई स्टूडियोका दीपक सहानीकाे अगुवाईमा " आफ्नो ठाउँ आफैं सफा राखौ र राम्रो कामको शुरुवात आफैबाट गरौ " भन्ने मुल नाराका साथ परिसरमा भएको झारपात र फोहोरको सरसफाई गरिएको थियो । स्टूडियोका प्रशिक्षक र परीक्षार्थीको संयुक्त सहभागितामा गत मंसिर २४ गते विहान करीब १० बजेदेखि ४ बजेसम्म सरसफाई गरिएको थियो । कलिला बालाबालिकाहरुमा निकायहरुले वातावरणीय पक्षमा कसैले ध्यान केन्द्रित नगर्ने पक्का भए पछि उक्त सरसफाई थालिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१