ताजा समाचार

लहानको हात्तीदह पर्यटनका लागि गन्तव्यसँगै रमणीयस्थल

  • मंसिर २८, २०७९
  • १३०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान, २८ मंसिर । सिराहाको लहान नगरपालिका वडा नम्बर - १५ शोभापुरस्थित पर्ने श्री कोईराला खोला नमुना सामुदायिक वन उपभोक्ता समूह ( न. सा. व. उ. स. ) हात्तीदह सिमसार पर्यटकीय क्षेत्रलाई मधेश प्रदेशको नमुना र पर्यटकीयसँगै रमणीय स्थलको रुपमा विकास कार्यमा जोड दिइएको छ। हात्तीदह सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्र नारायण चौधरीका अनुसार हात्ती दहलाई मधेश प्रदेशको पर्यटकीय स्थलसँगै रमणीय स्थलको रुपमा गन्तव्य झै विकासमा लहान नगरकार्यपालिका कार्यालय र सहयोगी निकायका कार्यालयहरु सक्रिय रुपमा काम, योजनाका कार्यक्रमहरु अघि बढिरहेको बताए । लहान बजारदेखि करिब -८ किलोमिटर उत्तरमा पर्ने सो हात्तीदहमा प्रत्येक दिन ३०० भन्दा बढी भित्र्याउने गर्दछन। बिदाको दिन शनिबार विशेषमा झन् विद्यार्थी , कर्मचारी , स्थानीय तथा अन्य ठाउँका व्यक्तिहरुको आवतजावत बढने गरेको डिभिजन वन कार्यालयका कर्मचारी दुर्गानन्द चौधरीले बताउनुभयो । यो सँगै आर्थिक रुपले पनि हात्तीदह निकै कुल्टो फेरिदै गएको छ। जस्तै - भित्र एन्ट्रीचार्ज , नाउमा बोटिङ्ग चार्ज , पार्टी , पिकनिकका लागि उपयुक्त हुने गरेको दुर्गानन्द चौधरीले बताए ।

Open photo

अहिले हात्ती दहमा छुट्टाछुट्टै पार्क भएकालेे पुरै आकर्षक देख्न थालेको छ। जस्तै १० वर्ष मुनीका बालबालिकाहरुका लागि बाल मैत्री पार्क, मन्दिर , जनावर पर्क, बोटिङ्ग, र पोखरी खोला, फाउन्टेन्ट पार्क, बाटो , ठाउँठाउँमा शौचालय , धारा चिल्ड्रेन पार्क, पिकनिक सेट, खानेपानी , टयांकी , पिकनिक स्थल, पसल घर जस्ता विशेषताले सज्जिएको देख्न सकिन्छ । जनावरहरुमा टर्की , तितिर, दुम्सी, सही, बेलायती मुसा, राज हँस, भालु, मयुर हरिण ल्याउने योजना , खरायो हाँस , जङ्गली खरायो , बन्दर , कछुवा लगायतका पशुपंछी जनावरले हात्ती दह सज्जिएको हो । यो सँगै श्री कोईराला खोला नमुना सामुदायिक वन उपभोक्ता समूह हात्ती दह सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रुद्र नारायण चौधरीका अनुसार - हात्ती दहलाई थपमा झुलुङ्गे पुल, शिव मन्दिर निर्माण , पर्यटकीय क्षेत्र अध्ययन केन्द्र जनावरका लागि प्राकृतिक सौन्दर्यतासँगै माछा , जडिबुटीका लागि भावीदिनमा तालिम सेन्टर , तथा गोष्ठी तथा सेमिनारका लागि सेमिना सभा हल निर्माण गर्ने योजना रहेको बताए ।

वहाँका अनुसार - यसका लागि प्रत्येक आर्थिक वर्षमा सहयोग गर्ने निकायहरू जिल्ला भु-संरक्षण कार्यालय सिरहा, डिभिजन वन कार्यालय लहान , राष्ट्रपति चुरे संरक्षण कार्यालय , वन तथा भु-संरक्षण विभाग काठमाडौं , बृहत जलाधार व्यवस्थापन केन्द्र - कोशी उदयपुर र लहान नगरकार्यपालिकाको कार्यालय सहयोग गरिदै आइरहेको बताउनुभयो। यता, पर्यटक भित्र्याउन मुख्य समस्याको रुपमा रहेको सडक मर्मत संम्भार देखिएको छ। लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी - आवतजावत ( यातायातको ) प्रमुख समस्यामा रहेको सडक विकास र विस्तारको काम पनि छिट‌ै कालोपत्रे गरि सामाधान हुने नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤