ताजा समाचार

हतियार प्रहारबाट महिलाको हत्या

  • मंसिर २८, २०७९
  • १०५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २८ । सिरहाकाे मिर्चैयामा महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्यारालाई पक्राउको माग गर्दै स्थानीयद्वारा मिर्चैयास्थित पुर्व पछिम राजमार्ग केही समय अवरुद्ध गरिएको थियो । सिरहाकाे मिर्चैयामा धारीलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। सिराहा जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको नजिकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवा समूहले धारीलो हतियार प्रहार गरी महिलाको हत्या गरेपछि जंगलमा महिलाको मृत्यु भएको थियो । दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएका युवाहरुले जवरजस्ती करणी गर्ने प्रयास गर्ने क्रममा जंगलमा धारिलो हतियारले महिलाकाे घाटी र पेटमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर ओलीले जानकारी दिए । दाउरा लिन सँगै गएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए । उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤