ताजा समाचार

सूचनाको हक प्रयोग गर्दा दुव्र्यवहार

  • मंसिर २७, २०७९
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् । पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा अनियमित तवरले राज्यको श्रोतको दोहन हुने गरि खर्च गर्ने गरेको पालिकाकै कर्मचारीको गुनासोको आधारमा पत्रकारले तथ्यपरक सुचनाको माग गर्दै समाचार संकलन गर्न खोजेका थिए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्मेश्वर यादव स्वयम्को भ्रष्ट र अनियमित क्रियाकलापका कारण सिङ्गो गाउँपालिका बदनाम बन्न लागेको भन्दै पालिकामा कार्यरत कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् ।

यसैक्रममा गाउँपालिकामा भएका अनियमितता सम्बन्धमा सूचना माग्न पुगेका नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता एवम् नेपाल पत्रकार महासंघ का सदस्य बासुदेब बर्मा (अजय)लाई कार्यालय परिसरमै दुव्र्यवहार गरिएको छ । पत्रकार बर्माले प्रमुख प्रशासकीय अधिकृत यादवले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको बताएका छन् । दर्ता नम्बर ५८१६ रहेको सो आवेदनमार्फत बर्माले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ । पत्रकार बर्माले गाउँपालिका भित्र आव २०७८/७९ को खाजा, इन्धन खर्च, घरभाडा, विभिन्न तालिममा गरेको खर्च लगायतका खर्चहरुको बारेमा समाचार संकलनका निम्ति सुचना माग गरेका थिए । उनले २०७९ असार ३१ मा सुचना माग गर्दै गाउँपालिकाको कार्यालय, प्रशासन कार्यालय र राष्ट्रिय सुचना आयोग समक्ष निवेदन दिएका थिए ।सभार प्रेसपाटी डटकम l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤