पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन

  • मंसिर २७, २०७९
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव, नवलपरासी / मंसिर २७ पश्चिम नवलपरासीको विभिन्न खाेलाहरु बाट नदि जन्य पदार्थ व्यापक रुपमा भईरहेकाे पाईन्छ । यस जिल्लाका प्रहरी प्रशासन र सराेकारवालाहरु माैन देखिन्छन् । जिल्लाकाे सुनवल नगरपालिका ,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका लगाएतका खाेलाबाट नदि जन्य पदार्थ वर्षाै देखि उत्खनन हुदै आईरहेकाे छ । सुस्ताकाे नारायणी ( गण्डक ) नदि,खजुरा खाेला,तुरिया खाेला,झरही खाेला,भलुही लगाएतका खाेलाबाट गिट्टी,बालुवा,ढुंगा,माटाे,मिसकट,भस्कट लगाएतका नदि जन्य पदार्थहरु निकाली स्थानीय खाेला तस्करहरुले बिक्रीवितरण गर्दै आईरहेकाे स्थानीयले आराेप लगाएका छन् । जिल्लामा हालसम्म कुनै सराेकारवालाहरुले ठेक्का सम्झौता नगरेता पनि खाेला तस्करहरुले दिन रात खाेलाहरु बाट विगतका दिनमा उत्खनन गर्दै आएका छन् । भने यस प्रति नत प्रहरी नत प्रशासन नत स्थानीय पालिकाहरुले ध्यान दिन छाडेका छन् । साथै सम्पूर्ण सराेकारवालाहरुकाे मिलाेमतमा नै खाेलाहरुबाट नदि जन्य पदार्थहरु निस्कासन हुदै आईरहेकाे स्थानीयहरुकाे भनाई रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१