ताजा समाचार

साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

  • मंसिर २५, २०७९
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान २५ मंसिर । मंसिरमसान्त सकिनै लाग्दापनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन । यसले गर्दा सिराहाका किसान यतिबेला चिन्तितसँगै दु:खी देखिएको छ। यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानमा कर्मचारी र सहकारी मिलेर मलखाद्य घुप्पचुप्प गर्नमा लागेको देखिन्छ । केही समय उता, करिब १० दिन पहिले भर्खरै जनमत पार्टीबाट निर्वाचित भएका प्रदेश सांसद संजय यादवको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अफिस कार्यालय लहानमा अनुगमन गर्दा , त्यहाँ कर्मचारीहरुले निकै लापरबाही गरि रहेको देखियो । जस्तो कि सुचना लुकाउने , सुचना पार्टीमा सुचना नराख्नु, गोदाममा मल राख्ने किसानलाई नदिने , कार्यालय प्रमुख जितेन्द्र कुमार साह अनेकन बहानामा हप्तौंहप्ता गायव रहने , बाहिर बस्ने अनेकन बेतिथि देखिएको थियोे ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपक पौड्यालपनि कसैभन्दा कम छैन । वहाँ पनि दिनभर गेहुँ , मलको चलखेलमा उतिकै बर्चस्व राख्ने गर्दछन। मल छैन जानुस् सहकारीमा लिनुस हामीले बितरण गरि सकियो , हामी दिन मिल्दैन जस्ता प्रतिक्रिया दिने गरेको किसानहरू सुनाउँछन् यो सँगै किसानले गेहुँ बिउँ र मलको अभाव खेपिरहदा किसानलाई साहाराको कुनै बाटो देखिएको छैन, सबै मौन छन । साल्ट ट्रेडिङ कार्यालयका एक कर्मचारीका अनुसार डिएपी मल हामी दिदैनौं, त्यसको सट्टामा एसएसपी मल आएको र , त्यो सहकारीलाई स्थानीयतह पालिकाको सिफारिसमा दिन्छौं । युरिया छ , तर प्रत्यक्ष किसानलाई दिदैनौं। ८१७ पर्ने अहिले युरिया अहिले १५०० मा कुनैकुनै सहकारीले बेच्ने गरेका छन। सिराहामा कालोबजारी बढेकै छ। सेटिङ , मिलेमतो भएकै छ। तर, निकायको मौनता र मिलेमतो कायमै छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤