ताजा समाचार

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

  • मंसिर २५, २०७९
  • १२८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको लहानमा निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न महेश सिंह सिरहा लहान २५ मंसिर - सिरहाको लहानमा निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।प्याब्शनको जिल्ला अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो। बिशिस्ट अतिथिमा बिष्णु न्यौपाने र प्रदेश सल्लाहकार मुरारी प्रसाद शाह रहनु भएको थियो।अतिथिहरुमा जिल्लाको बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादव,रामानन्द गुप्ता मनोज सिंह,भरत यादव,लाली कुमार यादव,उपेन्द्र चौधरी,प्रदिप यादव लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो। बिना टिसिको भर्ना गर्ने स्कुललाई कार्वाही गर्ने छौँ।राष्ट्रिय मुद्दाहरुमा अवाज उठाउनु जरुरी रहेको बताए। राज्यले निजि बिधालय प्रति कठोर भइदिन्छ।बिधालयहरुलाई उत्साही हुनुपर्छ भने कुरामा जोड दिएका थिए।सिरहाका बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादवका अनुसार बन्द शत्रमा सचिब र कोषा अध्यक्षको प्रतिबेदन सर्बसहमतिबाट पारित भएको हो। सिरहाका करिब १८६ वाटा निजि तथा अवाश्य बिधालयहरु प्याब्सनमा आबद्ध रहेका छन्।कार्यक्रममा दर्जनौं पब्लिकेसन का प्रतिनिधिहरुलाई सम्मान गरेका थिए।जिल्ला अध्यक्ष उमेश चौधरीले आउने दिनमा यस्तै भब्यताको साथ कार्यक्रमहरु सफलताको सुभ कामना दिदै कार्यक्रमको समापन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤