सिरहाको लहान इलाका प्रहरी कार्यालय अगाडि पत्रकारको धर्ना

  • मंसिर २२, २०७९
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, मंसिर २२ । सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुख्य गेटमा पत्रकारहरु बिहीबार बिहानदेखि धर्नामा बसेका छन् । सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेका सिरहाको नवराजपुर गाउँपालिका अध्यक्षका छोरासहित तीन जना विरुद्ध कारबाहीको मागसहित प्रहरी कार्यालय पुगेका पत्रकाहरुलाई प्रहरी निरीक्षकले महासंघका जिल्ला उपाध्यक्षसहितका पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् । महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक विदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने नवलपुर टुडेका पत्रकार प्रदिप सिंह(महत्तो)लाई कुट्ने गाउँपालिका अध्यक्षका छोरासहित तीन जनामाथि कारबाही र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्री उपर कारवाही नभएसम्म धर्ना जारी रहने बताएका छन्। 

गाउँपालिका अध्यक्ष शिवउद्गार यादवकाे दवाव र प्रभावमा परेर कुटिएका नवलपुर टुडेका पत्रकार प्रदिप सिंह (महत्तो)ले दिएको जाहेरीसमेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरुलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नु परेको अध्यक्ष बनैताले बताए ।   गत १२ मंसिरको अपरान्ह सखुवानन्कारकट्टी गाउँपालिका-५ इटहर्वामा लागेको विवाह पञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नं. वडा बस्ने १८ वर्षीय पप्पु यादवको समहूले नवलपुर टुडेका पत्रकार प्रदिपकुमार सिंह(महतो)लाई कुटपिट गरेका थिए । 

नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय प्रदिप कुमार महतोले आरोपी तीन जना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए ।  अध्यक्षका छोरा चन्दानसहित तीन जनाले गाउँपालिकाको नाममा रहेको प्र.१–००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको मागसहित जाहेरी दिएको भएपनि प्रहरीले दर्तासमेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१