मोटरसाईकल सहित ३ जना मानिस पक्राउ

  • मंसिर २१, २०७९
  • ६८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २१ । धनुषा प्रहरीले बाईक चोरी आरोपमा मानिसलाई नियन्त्रणमा लिएका छन् । धनुषाको जनकपुर उ.म.न.पा.९ संकटमोचन मन्दिर स्थितमा पार्किङ्ग गरी राखेको On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा.चोरी भएको भन्ने सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह. संजय मण्डल र ट्राफिक पोष्ट जनकपुरधामबाट प्र.ब.ह.बिनोद कुमार मण्डल सहितको टोली ऐ.ऐ. स्थित बागवानिबाट पिकेट टोलिले मो.सा. चोरी गरी भाग्दै गरेको अवस्थामा On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा. सहित जिल्ला महोत्तरी लोहरपट्टी न.पा.२ मध्येपुरटोल बस्ने अं. वर्ष १९ को शंकर कुमार दासलाई नियन्त्रणमा लिएका छन् ।

साथै मिति २०७९।०८।२० गते बिहान अं.०४;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो.सा.चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्काल यस कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह.एकनाथ सिपलियाको कमाण्डमा प्र.ज.जय कृष्ण ठाकुर सहितको टोली ऐ. १३;०० बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मो.सा.लिई भाग्दै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बृहत्तर स्थितबाट जि.धनुषा जनकपुर उ.म.न.पा.८ बस्ने अं. वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ६ बस्ने अं. वर्ष १९ को सुजित सदालाई नियनत्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१