ताजा समाचार

मोटरसाईकल सहित ३ जना मानिस पक्राउ

  • मंसिर २१, २०७९
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २१ । धनुषा प्रहरीले बाईक चोरी आरोपमा मानिसलाई नियन्त्रणमा लिएका छन् । धनुषाको जनकपुर उ.म.न.पा.९ संकटमोचन मन्दिर स्थितमा पार्किङ्ग गरी राखेको On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा.चोरी भएको भन्ने सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह. संजय मण्डल र ट्राफिक पोष्ट जनकपुरधामबाट प्र.ब.ह.बिनोद कुमार मण्डल सहितको टोली ऐ.ऐ. स्थित बागवानिबाट पिकेट टोलिले मो.सा. चोरी गरी भाग्दै गरेको अवस्थामा On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा. सहित जिल्ला महोत्तरी लोहरपट्टी न.पा.२ मध्येपुरटोल बस्ने अं. वर्ष १९ को शंकर कुमार दासलाई नियन्त्रणमा लिएका छन् ।

साथै मिति २०७९।०८।२० गते बिहान अं.०४;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो.सा.चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्काल यस कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह.एकनाथ सिपलियाको कमाण्डमा प्र.ज.जय कृष्ण ठाकुर सहितको टोली ऐ. १३;०० बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मो.सा.लिई भाग्दै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बृहत्तर स्थितबाट जि.धनुषा जनकपुर उ.म.न.पा.८ बस्ने अं. वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ६ बस्ने अं. वर्ष १९ को सुजित सदालाई नियनत्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤