ताजा समाचार

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

  • मंसिर १८, २०७९
  • १९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / मंसीर १८ । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० ३ कुश्मामा अवस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि०को १४ वार्षिक साधारणसभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक सोनी चौहानले २७६ जना सेयर सदस्य रहेको संस्थाले आ०ब० ०७८/०७९ मा ४७ लाख ५६ हजार ४ सय ६९ को कारोबार गर्दै १ लाख ७१ हजार ४ सय ९० रुपियाँको शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष सुशील गुप्ताको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता( दीपक) को प्रमूख अतिथिकतामा सम्पन भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले सहकारीले समाज विकास निर्माण कार्यमा अमूल्य योगदान गरेको भन्दै आगामी दिनमा यसको असल मूल्याकंन हुने विश्वाश व्यक्त गरेका छन्। कार्यक्रममा पाल्हिनन्दन गाउपालिका वडा न० ३ का वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,वडा सदस्य जडावती लोनिया,ज्ञान कुञ्ज इंग्लिश स्कूलका संस्थापक रामेश्वर यादव, यूवा समाजसेबी पशुपति गुप्ता, समाजसेवि रामदास गुप्ता,ज्ञासुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक बबिता हरिजनले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤