सफल प्रमूख जिल्ला अधिकारी कतार विश्व कपमा दर्शक

  • मंसिर १८, २०७९
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १८। मधेश प्रदेशको सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यू विश्व कप हेर्नका लागि कतार पुग्नु भएको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण तवरले सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निभाएका प्रमुख जिल्ला अधिकारी चौतर्फी चर्चाका पात्र बनेका छन् । अत्यन्तै नरम स्वभाव र दूरदर्शिताका धनी कवाडी विश्व फुटबल प्रतियोगिता हेर्नका लागि कतार पुग्नु भएको हो । त्रिभुवन अ्तर्राष्ट्रिय विमान स्थलबाट हवाई यात्रा गरेर कतार पुगेका कवाडीलाई कतार स्थित विभिन्न कम्पनीहरुमा कार्यरत सिराहा बासीहरुले एयरपोर्टमा फूल माला र खाँदा ओढाएर भब्य स्वागत गरेका छन । कवाडी कतार आउने खवर पाएपछि एयरपोर्टमा उनलाई स्वागत गर्नका लागि एक दिन अगाडि देखी सिराहाबासी काम छोडेर प्रतिक्षामा बसेको श्रोतले जनाएको छ । कतार पुगेका कवाडीले आफ्नो पारिवारिक भेटघाट गरेका छन भने कतार स्थित विभिन्न खेल रंगशालामा पुगेर विश्व कप हेर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१