ताजा समाचार

पत्रकार सिंहमाथि भएको हातपातको कारवाही माग

  • मंसिर १८, २०७९
  • ११३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १७ । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति प्रेस मंच जिल्ला कार्यसमिति सिरहाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन । नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले " आफूहरुको फोटो किन खिचेको " भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए । गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक प्रदेश ०१ _००१_बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए । पत्रकार सिंहले चोटको सरकारी अस्पताल लाहानमा चेक जाँच गराई आज शनिवार ईलाका प्रहरी कार्यालय लाहानमा पुगेर निवेदन डिएस्पी कुमार प्रसाद मैनालीलाई बुझाएका छन् भनें उनीसँग नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज वनैता, जिल्ला सदस्य विरु यादव, विनोद मण्डल लगायत एक दर्जन जिल्लाका सक्रिय पत्रकार कार्यालयमा पुगेर निवेदन बुझाएका हुन् । यता घटनाको छानबिन गर्न माग गर्दै प्रेस मंच जिल्ला कार्यसमिति सिरहाले विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤