ताजा समाचार

शहिदनगरका शिक्षा प्रमुख विश्वनाथ यादव पुन: नागरिकता किर्ते मुद्दामा तानिए

  • मंसिर १७, २०७९
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा प्रमुख रहेका विश्वनाथ यादव सरकारी कागज किर्ते मुद्दामा पुनः तानिएका छन् । सिडिओ कार्यालयमा बिचौलियाको काम गर्दै आएको बेला भारतीय नागरिकहरूलाई नागरिकता बनाएको, सरकारी कागज किर्ते गरी नागरिकता बनाएको आरोपमा मुद्दा दायर भएपछि उनी फरार रहेका थिए ।एक वर्षभन्दा अधिक फरार रहेका विश्वनाथ यादव अहिले शहिदनगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् । जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा सफाइ दिए पनि उच्चअदालत जनकपुरले उनले सफाइ पाउनुपर्ने आधार नदेखिएको भन्दै मुद्दा पुनः खोलिएको हो ।

बालाबाखर कुम्भकरणस्थित रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) समेत रहेका यादवमाथि नेपाल सरकार बादी बन्दै पुनरावेदन गरेको थियो । एक वर्षभन्दा अधिक समयदेखि फरार भएका शिक्षा प्रमुख यादव अदालतले सफाइ दिएपछि मात्र उनी घर फर्केका थिए । नियम कानुनले नागरिकता पाउन नहुने नागरिकलाई बनाएको, भारतीय नागरिकलाई नागरिकताको रेकर्ड किर्ते गरी कायम गरेको आरोपसहित उनीमाथि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤