ताजा समाचार

कुटपिट गरि मानिस हत्या गरेको अभियोगमा २ जना पक्राउ

  • मंसिर १६, २०७९
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १६ । जग्गा विवादमा कुटपिट बाट मृत्यू भएको कारण प्रहरीले दुई जनालाई पक्राऊ गरेकाे छ । मिति २०७९।०८।१५ गते राति २१;३० बजेको समयमा धनुषा जिल्लाको मिथिला विहारी न.पा.-४ रमौल स्थित जग्गा जमिनको विषयमा वादविवाद तथा कुटाकुट हुँदा ऐ.ऐ. वस्ने वर्ष ५३ को प्रभु यादव घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लग्दा निजको मृत्यु भई सकेको तथा अन्य केही मानिसहरू घाईते भएको भने व्यहोराको सुचना प्राप्त हुन साथ खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा दुवै पक्ष विच पहिला देखि नै झै-झगडा हुँदै आएको र वारदातको दिन जग्गा खरिद गर्ने विषयमा वादविवाद उतपन्न भई झगडा हुँदा कुटपिटको कारणले प्रभु यादवको मृत्यु भएको थियो । विवादमा अन्य ३ जना घाईते समेत भएको थियो भने उक्त घटनामा संलग्न रहेको अभियोगमा ऐ.ऐ. वस्ने वर्ष ४१ को लाल बाबु यादव र ऐ..ऐ. वस्ने वर्ष ३१ को सुरेश यादवलाई पक्राउ गरि निज उपर ज्यान सम्बन्धि ( कर्तव्य ज्यान ) कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤