ताजा समाचार

नवजात शिशुको उपचारका क्रममा मृत्यु

  • मंसिर १६, २०७९
  • १२६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १६ । सिरहाको बरियारपट्टीमा हिजो बिहान फालिएको अवस्थामा फेला परिएको नवजात शिशुको उपचारको क्रममा राति मृत्यु भएको छ । चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वासमा समस्या भई भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको सिरहा अस्पतालले जनाएको छ ! बच्चा जन्माउने र फाल्नेलाई खोजी गरेर कारबाही गर्न एकातिर जरुरी देखिन्छ भने प्रेमको नाटक गरेर यौन आनन्द लिने बेलामा लाज नहुने अनि समाजले के भन्ला भन्ने डरले शिशु गर्भ मै मार्ने ,बच्चा जन्मि सकेपछि फाल्ने यसको मुख्य कारण के हो ? अवैधरुपमा जन्मिएको कारणले यस्ता घटना दिनानु दिन बढ्दै गइरहेको छ । तर पनि हामी चुप किन ?अवैध सम्बन्धले जन्माउने त्यस्ता पापी र गर्भमा राखेर बच्चा फाल्ने दुइटैलाई हँदै सम्मको कारबाही गर्नु पर्दछ । समाजमा हुने गरेको यस्ता आपराधिक क्रियाकलापमा तत्काल प्रहरी चनाखो हुनुपर्छ । सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा सक्रिय यौन धन्दामा सक्रिय समुहको पहिचान गर्न प्रहरी प्रशासन कतै चुकेको त छैन ? सबैतिर आम मानिसले निगरानी राख्नु आजको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤