Siraha Times
ताजा समाचार

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

  • मंसिर १६, २०७९
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह सिरहा १६ मंसिर ।सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिधा निकेतनद्वारा कल्चरल एन्ड फुड टेस्टिङ प्रोग्रामको आयोजना गरेको थियोे। यस संस्थामा अहिले सम्म ६ जना शेयर धनी रहेको र शेयर धनीहरुको ठूलो आर्थिक लगानीमा हिमालयन बिधा निकेतन बिधालय संचालनमा आएको थियो। लहानमा गुणस्तरीय शिक्षाको हब बन्दै गरेको मध्ये एक हिमालयन बिधा निकेतन पनि पर्ने गरेको एसै बिधालयका संस्थापक पशुपति भट्टले जानकारी दिनु भयो । थोरै बिद्यार्थीबाट संचालन गरेको बिधालय अहिले हाल करीब सात सय विद्यार्थी छ्न। लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले हिमालयन बिधा निकेतन अहिले निकै चर्चा माएको छ। प्रत्येक वर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम धर्म संस्कृति बचाउन मनाउदै आएका बिधालयका प्रधान अध्यापक अमृत लाल चौधरीले बताए । यस कार्यक्रममा प्रमुख अतिथिमा सिरहा प्याब्सनका नगर अध्यक्ष उमेश चौधरी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश केशीले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए ।

बिधालयमा अध्ययनरत रहेका तराईमा बसोबास गर्ने सबै भेष भुसाका विद्यार्थीहरु अ-आफनो भेष भुसामा सिङ्गारीएर विभिन्न धर्म सांस्कृतिक अंगाल्दै विभिन्न प्रकारका खाने परिकारहरु बनाएर बिधालयमा ल्याएर कार्यक्रममा सहभागी सम्पुर्णले मिलिजुली प्रसादका रूपमा ग्रहण गर्दै एक आपसमा मनोरंजन गर्दै खुशी व्यक्त गरेका स्कुलका सल्लाहकार पशुपति भट्टले जानकारी दिनु भयो। बिधालयका शेरयर धनीका नामावलीहरु: किशोर चौधरी निरज, अमृत लाल चौधरी,अञ्जु केशी ,सुभ नारायण यादव,राम बाबु महतो,संजिप गुप्ता,अशोक चौधरी,फैज अहमद लगायत ६ जना संस्थापकहरुको निगरानीमा स्कुल संचालनमा रहेका छन। नेपाली धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिनु भयो। अतिथिहरुमा गोर्खा टेलिभिजनका मधेस प्रदेश ब्यरो प्रमुख महेश सिंह,एच टिपी खबरका सिरहा सम्बादाता प्रदिप सिंह,रेडियो सरगंमका प्रमुख फिरोज शेख, बिधालयका सम्पुर्ण शेयर धनीहरु अतिथिका रूपमा आसन ग्रहण गरेका थिए। शिक्षीका अञ्जु केशी भट्टका अनुसार रितिरिवाजको प्रमोट गर्न,आफ्नो जात जातीको खानाको परिकारहरु पहिचान गर्न र जातीय पहिर्न लाई चिनारीको रूपमा ल्याउन उक्त कल्चरल कार्यक्रमको आयोजना गरेको बिधालयका प्रधान अध्यापक अमृत चौधरीले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१