ताजा समाचार

दाईजो प्रथा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर १४, २०७९
  • १२१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १४ । सिराहा प्रहरीद्वारा दाईजो प्रथा विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । सिरहा जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.०१ मौवाही स्थित प्रहरी चौकी सितापुर सिरहाको आयोजनामा उक्त वडाका वडा अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा प्रहरी चौकी सितापुर सिरहाका प्र.स.नि. राजेन्द्र कटुवाल तथा प्रहरी जनशक्तिहरु, स्थानिय समुदाय, भद्रभलादमी, बुद्धिजिबिहरु समेतको उपस्थितिमा “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत “दाईजो प्रथा बिरुद्धको अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको हो । कार्यक्रममा समुदायमा रहेको दाईजो प्रथा, सामाजिक कु-प्रथा, सामाजिक मुल्यमान्यताका सामाजिक कु-रिती कानुन बिपरित कार्य भएको र दाईजो जस्तो कुप्रथा समाजबाट कसरी नुनिकरण गर्न सकिन्छ भन्ने विषयप्रति वक्ताहरुले अा आफना धारणा राख्नु भएको थियो । दाईजो प्रथा समाजको कु-प्रथालाई कसरी न्युनिकरण गर्ने बिषयमा आ-आफ्नो धारणा तथा स्थानबाट दाईजो प्रथालाई निरुतसाहित गर्ने भनि धारणा दिनु भई, प्र.स.नि. राजेन्द्र कटुवालले दाईजो प्रथा, लैंगिक हिंसा, घरेलु हिंसा बिरुद्धको सचेतना जानकारी तथा कानुनी प्रावधानको बारे जानकारी गराउदै कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤