अबैध भन्सार चोरी निकासीका मादक पदार्थ (रक्सी) र सरसमानहरु नियन्त्रणमा

  • मंसिर १४, २०७९
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १४ । धनुषा प्रहरीले मादक पदार्थ सहितको सरसामान बरामद गरेको छ । मिति २०७९।०८।१३ गते अ. १६;०० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ दशगजा स्थित नेपालबाट भारत तर्फ लगि बिक्रि बितरण गर्नको लागि राखिएको मादक पदार्थ बरामद गरेको छ । बिभिन्न किसिमका मादक पदार्थ (रक्सी) बरामद गरी अ.मु.रु. ६,१२,२६५।– बराबराका मुल्यांकन कायम गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ । साथै मिति २०७९।०८।१३ गते अ. १५;०० बजेको समयमा यस कार्यालय खटिएको प्रहरी टोलीले जिल्ला धनुषा बिदेह न.पा. वडा नं. ६ स्थित सार्वजनिक स्थानमा दुईवटा मो.सा.मा बिभिन्न किसिमका लताकपडाहरु लोड गरिएको अवस्थामा बेबारिसे अवस्थामा फेला पारी अ.मु.रु. ३,५५,०००।– मुल्यांकन कायम गरी आज मिति २०७९।०८।१४ गते आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१