ताजा समाचार

लालबाबु राउतलाई अख्तियारको पत्र

  • मंसिर १४, २०७९
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १४ । मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले गरेको खर्चको विवरण अख्तियारले माग गरेकाे छ । राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मधेश मन्थन’ मा भएको खर्चको विवरण सहितको हिसाब मागेको छ । गत आर्थिक वर्षको अन्त्यमा एउटा सञ्चार गृहले ‘मधेश मन्थन’ कार्यक्रमको आयोजना गरेका थिए । त्यसमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत केही मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सभा, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी निकायहरुको नाम प्रायोजकमा राखिएको थियो । अख्तियारले निजी संस्थाको कार्यक्रममा सरकारी रकम प्रयोग गरिएकोमा सवाल उठाउँदै विवरण माग गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अख्तियारले त्यसको प्रक्रिया लगायतका जानकारी पनि माग गरेको छ । अख्तियारले यस अघि नै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का दर्जन बढी सरकारी अधिकारी, ठेकेदार लगायतमाथि साईकल खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ । श्रोत समाजिक सञ्जालबाट साभार

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤