लालबाबु राउतलाई अख्तियारको पत्र

  • मंसिर १४, २०७९
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १४ । मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले गरेको खर्चको विवरण अख्तियारले माग गरेकाे छ । राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मधेश मन्थन’ मा भएको खर्चको विवरण सहितको हिसाब मागेको छ । गत आर्थिक वर्षको अन्त्यमा एउटा सञ्चार गृहले ‘मधेश मन्थन’ कार्यक्रमको आयोजना गरेका थिए । त्यसमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत केही मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सभा, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी निकायहरुको नाम प्रायोजकमा राखिएको थियो । अख्तियारले निजी संस्थाको कार्यक्रममा सरकारी रकम प्रयोग गरिएकोमा सवाल उठाउँदै विवरण माग गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अख्तियारले त्यसको प्रक्रिया लगायतका जानकारी पनि माग गरेको छ । अख्तियारले यस अघि नै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का दर्जन बढी सरकारी अधिकारी, ठेकेदार लगायतमाथि साईकल खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ । श्रोत समाजिक सञ्जालबाट साभार

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१