ताजा समाचार

कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु प्रहरी नियन्त्रणमा

  • मंसिर १२, २०७९
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १२ । कर्तव्य गरी ज्यान मारेको आरोपमा दुई जनालाई सिराहा प्रहरीले पक्राऊ गरेकाे छ । मिति २०७९।०८।०९ गते अं. २३:४० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरी टोल स्थित नरगी-बडहरी सडक खण्डमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ नरगी टोल बस्ने अं. बर्ष ३२ को राम शंकर यादवको मृत लाश फेला परेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा अजय कुमार साह र दिपेन्द्र कुमार यादव समेतका व्यक्तीहरुले राम शंकर यादवलाई कर्तव्य गरी हत्या गरेको घटनामा निजहरु बिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा जाहेरी प्राप्त भएपछि जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं.१ बडहरी टोल बस्ने अं. बर्ष ४८ को दिपु भन्ने दिपेन्द्र कुमार यादव र २) ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को अजय कुमार साह लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤