ताजा समाचार

अस्पतालको चरम लापरवाही परिसरमा ज्यान त्याग्दै एक ब्यक्ति

  • मंसिर ११, २०७९
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर ११ । पछिम नवलपरासीको सदरमुकाम परासीको बुद्ध चोकमा रहेको जिल्लाकै एक मात्र पुरानो सरकारी अस्पताल परिसरमा एक व्यक्तिले उपचारको अभावमा आफ्ना जीवन त्यागेका हुन । परासीको पृथ्वीचन्द्र अस्पतालको परिसरमा एक अपरचित ब्यक्ति हिजो दिउँसो करीब ११ बजे अस्पतालको पेटीमा बिरामी भई उपचारको आशमा आएर सुते तर उपचार नपाएपछि उनी जीवनसँग लगभग ४:३० साझसम्म बाँच्नका निम्ति संघर्ष गर्दै थिए । मानवीयता हराएका अस्पतालमा कुनै उपचार नपाएका ती व्यक्तिले अस्पतालको परिसर भित्रको पेटिमै उनले आफ्ना सास बन्द गर्नु पर्यो । यसरी अस्पतालको परिसरमा आम मानिसले पैसाको अभावमा आफ्ना प्राणको आहुति दिइरहँदा नेपाल सरकार दर्शक बनिरहनु चिन्ताको विषय बनेको छ । आफूलाई जनताको हिमायती भनाउनेहरु कुन निन्द्रामा सुतिरहेका होलान् ? जहाँ उपचार गरिन्छ त्यहाँ आम मानिसले उपचारको अभावमा तड्पी तड्पी प्राण त्याग्नु पर्ने कस्तो बाध्यता ? घटनाको सत्य तथ्य बाहिर ल्याउन जरुरी एकातिर छ भने अर्कोतिर अस्पताल प्रशासनलाई पनि कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ । श्रोत समाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤