कृषिमा आकर्षित हुदै स्थानिय युवाहरु

  • कार्तिक २९, २०७९
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान २९ कार्तिक । सिरहाको नवराजपुर गा पा ५ मा कृषि योग्य माटोको कारणले गर्दा स्थानिय युवाहरु कृषि उपज बालीमा आकर्षित हुन थालेका छन । पालिकाको माटो सबै बालीको लागि उत्तम मानिएको तथा तरकारी र उखु बालीको लागि सब भन्दा राम्रो रहेको जानकारी प्रमुख प्रसासकिय अधिकृत राजकिशोर साहले दिएका हुन । स्थानिय सरकारले कृषि क्षेत्रमा किसानको माग अनुसार लगानी गर्न सक्यो भने समयमा मलखाद बिउबिजन ब्यबस्थापन गर्न सक्यो भने यस क्षेत्रका मेहनती किसानहरु कृषिमा आत्मनिर्भर बन्ने संकेत देखिएको छ । यस भेगका किसानहरु ज्ञान सीपको अभावमा र उचित बजार ब्यबस्थापनको अभावमा कृषि क्षेत्रबाट चाहिने जति उपलब्धी हासिल गर्न सकिरहेको अबस्था नभएकोले त्यस तर्फ प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी देखिएको छ। तीन तहको सरकारले यस क्षेत्रको युवा शिक्षित किसानको लागि प्याकेज कार्यक्रम ल्याइ कृषिमा क्रान्ति ल्याउन जरुरी देखिएको छ र किसानको उचित माग सम्बोधन गरि कृषिमा अत्यधिक रोजगारी सृजना गर्न जरुरी देखिएको छ। यस बर्ष देखि गा पा ले किसानको लागि बिजुली निशुल्क ब्यबस्था गरेको र किसानको माग सकभर सम्बोधन गर्ने जानकारी गा पा अध्यक्ष शिव उदगार यादवले दिएका हुन।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१