ताजा समाचार

कृषिमा आकर्षित हुदै स्थानिय युवाहरु

  • कार्तिक २९, २०७९
  • १२०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान २९ कार्तिक । सिरहाको नवराजपुर गा पा ५ मा कृषि योग्य माटोको कारणले गर्दा स्थानिय युवाहरु कृषि उपज बालीमा आकर्षित हुन थालेका छन । पालिकाको माटो सबै बालीको लागि उत्तम मानिएको तथा तरकारी र उखु बालीको लागि सब भन्दा राम्रो रहेको जानकारी प्रमुख प्रसासकिय अधिकृत राजकिशोर साहले दिएका हुन । स्थानिय सरकारले कृषि क्षेत्रमा किसानको माग अनुसार लगानी गर्न सक्यो भने समयमा मलखाद बिउबिजन ब्यबस्थापन गर्न सक्यो भने यस क्षेत्रका मेहनती किसानहरु कृषिमा आत्मनिर्भर बन्ने संकेत देखिएको छ । यस भेगका किसानहरु ज्ञान सीपको अभावमा र उचित बजार ब्यबस्थापनको अभावमा कृषि क्षेत्रबाट चाहिने जति उपलब्धी हासिल गर्न सकिरहेको अबस्था नभएकोले त्यस तर्फ प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी देखिएको छ। तीन तहको सरकारले यस क्षेत्रको युवा शिक्षित किसानको लागि प्याकेज कार्यक्रम ल्याइ कृषिमा क्रान्ति ल्याउन जरुरी देखिएको छ र किसानको उचित माग सम्बोधन गरि कृषिमा अत्यधिक रोजगारी सृजना गर्न जरुरी देखिएको छ। यस बर्ष देखि गा पा ले किसानको लागि बिजुली निशुल्क ब्यबस्था गरेको र किसानको माग सकभर सम्बोधन गर्ने जानकारी गा पा अध्यक्ष शिव उदगार यादवले दिएका हुन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤