सिमा नाका शिल गर्ने प्रशासनको सूचना जारी

  • कार्तिक २९, २०७९
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् । निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका कञ्चनपुर जिल्लाका संपूर्ण सिमानाकाहरु मंसिर १ गतै राती १२.०० बजेदेखि मंसिर ४ गते राती १२.०० सम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लामा भारतीय नाकाबाट आम मानिसको आवत जावत भई उत्पन्न हुनसक्ने परिस्थितिलाई विचार गर्दै सीमा नाकाहरू बंद गरिने भएको हो । कञ्चनपुरको सुरुक्षा व्यवस्थालाई कायम गर्नका निम्ति प्रशासनले लिएको निर्णयलाई जिल्ला बासीहरुले सकारात्मक रूपमा लिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१