ताजा समाचार

लागूऔषध सहित ५ जना मानिसहरु नियन्त्रणमा

  • कार्तिक १८, २०७९
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १७ । सिराहा प्रहरीले लागू औषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी लकडिगदयानीबाट विभिन्न समयमा खटिएको प्रहरी टोलीले मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित मानिस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ अवैध लागूऔषध, मोबाईल, मोटरसाईकल र नगद समेत फेला पारी रितपुर्वक बरामद गरी मानिसलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्दामा दिन ७ (सात) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको बुझिएको छ ।

निम्न :-

पक्राउ परेका मानिसहरुः-

१.जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं.- ३ बस्ने बर्ष ४० को दुजे यादव ( जिल्ला सिरहा लहान नगारपालिका वडा नं.- १ जे. एस मुरारका बहुमुखी क्याम्पस पछाडीको भित्री सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

२.ऐ. ऐ. बस्ने बर्ष २७ को सुरेश कुमार यादव ( ऐ. ऐ. स्थानबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

३.जिल्ला सिरहा लहान नगरपालिका वडा नं.- १७ बस्ने बर्ष २८ को ईन्दल राम ( जिल्ला सिरहा लहान नगरपालका वडा नं.- १७ गोबिन्दपुर स्थित झोलुङ्गेपुलबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

४.जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.८ मझेवा बस्ने बर्ष २२ को जागेश्वर यादव (जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.१७ कालिचोकबाट ईलाका प्रहरी कार्यालय माडर सिरहाले नियन्त्रणमा लिएको )

५.देश भारत मधुवनी जिल्ला मधुवनी ग्रामपंचायत- ६ बस्ने वर्ष २४ को उपेन्द्र कुमार साफी ( जिल्ला सिरहा सिरहा न.पा.वडा नं.१९ सोहर्वाबाट प्रहरी चौकी लकडिगदयानी सिरहाले नियन्त्रणमा लिएको )ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट बरामद भएका मोटरसाईकल र लागूऔषधहरुः-

NITRAVET-10 लेखिएको ट्याब्लेट ६० पत्तामा ९०० पिस, प्रदेश २-०१-००२ प. ८५२ नं. को मोटरसाईकल थान-१, विभिन्न कम्पनिका मोबाईलहरु थान-४ (दुजे यादव र सुरेश कुमार यादवको साथबाट) र NITRAVET-10 लेखिएको ट्याब्लेट १८ पत्तामा २७० पिस ( ईन्दल रामको साथबाट ) 

# ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट बरामद भएका लागूऔषधहरुः-

NITRAVET-10 लेखिएको ट्याब्लेट ५ पत्तामा ७५ पिस, SPSMO-PROXYVON लेखिएको १३ पत्तामा १०४ पिस, कोरेक्स १०० ml को २५ बोतल (जागेश्वर यादवको साथबाट) प्रहरी चौकी लकडिगदयानी सिरहाबाट बरामद भएका लागूऔषध (गाँजा), सिम, नगद, मोटरसाईकल र मोबाईलः-लागू औषध गाँजा-१ किलो ७० ग्राम, airtel को सिम थान- २, नेपाली रु.३,२८५।–, भारतीय रु.३०।– र P.B. 10 C.C. 3819 नं.को मोटरसाईकल थान- १ र मोबाईल थान-१ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤