ताजा समाचार

साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक १५, २०७९
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १५ धनगढीमाई हात्तिढुङ्गा । सिरहाको सुखीपुरमा साईबर अपराध विरुद्धको चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज मिति २०७९।०७।१५ गते सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.०२ स्थित श्री राम जानकी माध्यमिक विद्यालय सिरहाको प्राङगणमा ईलाका प्रहरी कार्यालय सुखिपुरको आयोजनामा उक्त विद्यालयको प्रधानध्यापक राम प्रताप यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, विद्यालयका शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु तथा कक्षा ९ र १० का छात्र र छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ नायव निरिक्षक राम नारायण यादवले समाजमा रहेको सामाजिक संजालको बढदो दुरुपयोगको अवस्था, साईवर अपराध कसरी हुन जान्छ, समाजमा अभिभावकहरुको दायित्व, सामाजिक संजालबाट हुन सक्ने अपराधबाट कसरी बच्ने तथा कानूनी प्रावधानको बारेमा समेत जानकारी गराई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤