ताजा समाचार

अन्य खेती भन्दा ड्रागन खेती उत्म

  • कार्तिक १०, २०७९
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल सिरहाको लहान नगरपालिका १६ गोविन्दपुरका हरिदेव चौधरीले १४ कट्टामा लगाएको ड्रगन खेतीवाट शूरुकै उत्पादनवाट लाखौ आम्दानी गरेको छ । उहाँ यो खेतीमा आकर्षन हुनुको मुख्य कारण अन्य फल भन्दा ड्रागन फ्रुट अति महगो हुने भएकोले यसको खेतीवाट राम्रो मुनाफा रहेको छ । बिश्वभरी नै एउटा अति नै सफल खेतीको रुपमा फस्टयाउदै गएकाले नेपालका धेरै युवाहरुले यो खेती गर्न लागिपरेको छ । ड्रागन खेती ३३ डिग्री भन्दा पनि अत्यधिक तापक्रममा हुने हुँदा गर्मीपर्ने जिल्लाहरुमा यसको खेती भैरहेको छ । पहिला गल्फ कन्ट्रीहरुमा मात्र गर्थयो तर केही वर्ष देखि यसको खेती नेपालमा पनि फस्टाएको हरिदेव चौधरीले बताउनु भएको छ । चौधरीले यो खेतीका लागि बेर्ना तयार पार्ने शूरुका अवस्थामा स्थानिय किसानहरुले उहाँलाई भन्थे असम्भव हुने खालका खेती किन गरिरहेको भन्दै हेप्थे तर आज पहिलो पटकमै एकसय जति फल उत्पादन गर्न सफल भएको छ । ६ महिना पछि एकहजार फलभन्दा बढी फल्ने आशा राखेको छ ।

चौधरी थाइलाण्ड भ्रमणमा गएर यो फलको बिषयमा अनुभव पाएर यो खेती गर्न लागेको हो । एउटा बिरुवामा पाँच देखि दशवटा ड्रागन फल्छ । १४ कट्टामा रहेको ड्रागनका बिरुवा लगायत स्याउ, अमला, तैरपता, निम्वु, नास्पाती जस्ता फलका बिरुवाहरु लगाएका छन । स्याउ, नास्पाती जस्ता फल उत्पादनका लागि चिसो मौसम चाहिन्छ तर चौधरीले भने तराईका मौसममा पनि स्याउ र नास्पाती उत्पादन हुन्छ भनी दावी गरेको छ । करि दुईवर्ष बनस्पतिक विवरण ः ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम (१।२ के।जी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र् सेतो गूदी भयको,पहेलो बोक्रा र सेतो गूदी भयको, रातो बोक्रा र रातो गूदी भएको जात पर्दछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤